ट्रमा अस्पताल बनाउने योजना रोकियो | Khabarhub Khabarhub

ट्रमा अस्पताल बनाउने योजना रोकियो


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – प्रदेश नं २ सरकारले बारा जिल्लाको पथलैयामा निर्माण गरिने ट्रमा अस्पताल बनाउने योजना रोकेपछि त्यस क्षेत्रका जनतामा निराशा छाएको छ ।

सामाजिक विकास मन्त्रालयले नीति तथा कार्यक्रममा घोषण गरी सो अस्पताल निर्माण गर्न बजेट समेत छुट्याइसकिएको थियो ।

राजमार्गमा हुने सवारी दुर्घटनाबाट घाइतेहरुको तत्काल उपचार गर्ने उद्देश्यले प्रदेश सरकारले बाराको पथलैयामा रहेको स्वास्थ्य तालीम केन्द्रलाई ट्रमा अस्पताल बनाउने गरी बजेट समेत छुटयाइसकिएको भएपनि हाललाई सो अस्पताल निर्माणको काम स्थगित गरिएको सो मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले सो अस्पताल पथलैयामा नबनाएर बारा जिल्लाको सदरमुकाम कलैयादेखि ६ किलोमिटर भित्र रहेको गंगापुरस्थित तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवनमा बनाउने निधो गरेपछि प्रदेश नं. २ को प्रदेश सभामा प्रतिपक्षी दलले विरोध गरेपछि सो अस्पताल निर्माणमा अवरोध आएको बताइएको छ ।

प्रदेश सभामा नेकपाका सचेतक सुन्दर विश्वकर्माले निर्णय भएको स्थानमा नै अस्पताल बनाउनुपर्ने माग गरे । दुई बिघा ४ कठ्ठा क्षेत्रफलमा रहेको सो तालीम केन्द्रमा ७२ कोठा र पर्याप्त साधनस्रोत भएको, राजमार्ग छेउमै रहेकाले पथलैयामा नै सो अस्पताल निर्माण हुनुपर्ने माग जितपुरवासीको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ६ : २७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०