नेपालगञ्जमा एकीकृत जाँच चौकीको शिलान्यास | Khabarhub Khabarhub

नेपालगञ्जमा एकीकृत जाँच चौकीको शिलान्यास


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) को शिलान्यास गरेका छन्।

कोरोना महामारीका कारण अनलाइनमार्फत भएको कार्यक्रमा उनीहरुले संयुक्त रुपमा नेपालगञ्जमा एकीकृत चेक पोस्ट (आईसीपी) निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

अनलाइन भर्चुअल कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्र, शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर, शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह,  बाँके २ का सांसद  मोहम्मद इस्तियाक राई, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा लगायत नेपालगञ्ज परियोजना साइटका अन्य सदस्यहरु सहभागी थिए।

भारतको सहयोगमा विभिन्न नाकामा एकीकृत जाँच चौकी बनाउने सहमति अनुसार नेपालगञ्जमा काम शुरु गरिएको हो ।

भारतीय सरकारको सहयोगमा निर्माण हुन लागेको एकीकृत जाँच चौकीको भुमी पुजा र शिलान्यास कार्यक्रममा प्रमुख अथिति मन्त्री श्रेष्ठले भन्सार तथा अध्यागमन सुविधालाई एउटै छाता मुनी ल्याई दुई देशबीच मालबाहक सवारी साधनको आवतजावतलाई व्यवस्थित गर्न महत्वपूर्ण रहने बताए ।

उनले भारत सरकारको सहयोगमा चार स्थानमा चौकी निर्माण गर्ने सम्झौता भए अनुसार दुई वटा सम्पन्न भएर तेस्रो चौकीको शिलान्यास गर्ने मौका पाएकाले सदिऔंदेखि नेपाल र भारतको सम्बन्ध रहेको उल्लेख गरे ।

नेपालगञ्ज परियोजनाको राइट्स इन्टरनेशनल लिमिटेडको सुपरीवेक्षणमा पुणेस्थित राजदीप बिल्डकन प्राइभेट लिमिटेड नामक भारतीय कम्पनीले गर्नेछ ।

संरचना नेपालगञ्ज उप-महानगरपालिकाको जानकी गाउँपालिका वार्ड नम्बर १ र वार्ड नम्बर १६ मा नेपाल सरकारले पहिचान गरेको करिब ६२५ हेक्टर जग्गामा निर्माण गरिनेछ ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुदै जाने विश्वास व्यक्त गरे । उनले सन् २००५ देखि शुरु भएको परियोजनाले दुई देशबीचमा आर्थिक विकासमा सहज पुगेको बताए ।

चारमध्ये दुईवटा एकीकृत जाच चौकी निर्माण सम्पन्न भैसकेकेको र दुई वटा निर्माणको क्रममा रहेका छन् । दुवै सरकारले तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

विशेष अतिथिको रुपमा नयाँ दिल्लीबाट चौकी सिलान्यास र भूमीपुजा अवलोकन गरेका शहरी विकासमन्त्रीका समकक्षी भारतीय वाणिज्य तथा उद्योग मन्त्री गोयलले नेपाल र भारतको सम्बन्ध अति महत्वपूर्ण रहेको बताए ।

उनले कोभिड महामारीको कारण आफू नेपालगंज आएर शिलान्यास गर्ने कार्यक्रम रोकिएको बताउँदै नेपाल आउने आफ्नो इच्छा पुरा हुन नसकेको उल्लेख गरे ।

उनले आफ्ना समकक्षी शहरी विकास मन्त्री श्रेष्ठलाई भारत भ्रमण गर्न आग्रह गर्दै भने,’तपाईंलाई भारत भ्रमणको लागि निम्तो छ, दुई देशबीच आर्थिक विकासको लागि मिलेर जान थुप्रै योजना बनाउनेछौं ।’

यसअघि वीरगञ्ज र बिराटनगरमा निर्मित एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गरी सन् २०१८ को अप्रिल र सन् २०२० को जनवरी मा संयुक्त रुपमा उद्घाटन भैसकेको छ ।

योजना अनुसार अब नेपालगंज र भैरहवामा चौकी निर्माणको क्रममा रहेको छ ।आइसीपी निर्माणपछि दुई देशको ब्यापार सहज र व्यवस्थित हुने नेपाली अधिकारीको विश्वास छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ५ : ३३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न