चीनले ‘मुसलमानविरुद्ध दमन र अत्याचार’ गरेको भन्दै काठमाडौंमा प्रदर्शन | Khabarhub Khabarhub

चीनले ‘मुसलमानविरुद्ध दमन र अत्याचार’ गरेको भन्दै काठमाडौंमा प्रदर्शन


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको सिन्जियानमा रहेका उइगुर मुसलमानमाथि चीन सरकारले गरेको दमन र अत्याचार बन्द गर्नुपर्ने माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

चीनले मुस्लिम धर्म संस्कृतिमाथि लगाएको प्रतिबन्ध फिर्ता गर्नुपर्ने, मुसलमानलाई रोजा बस्न या बुर्खा लगाउन दिनुपर्ने लगायतका माग राखी ‘जमियत अलमा नेपाल’ को रोहवरमा विरोध प्रदर्शन गरिएको हो ।

चीन सरकारले मस्जिद लगायत मुस्लिम धर्मको केन्द्रहरु भत्काउने कदम रोक्न, उइगर मुसलमानमाथि अत्याचार बन्द गर्न र मुस्लिम संस्कृतिको बन्द अभिलम्ब फिर्ता गर्न चीनलाई ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरेको अलमा नेपालका सल्लाहकार युनुस हमरले खबरहबलाई बताए ।

उनले चीनले हिरासतमा रहेका उइगुरहरुरु तत्काल रिहा गर्नुपर्ने पनि बताए ।

चीनले उइगर मुस्लिमहरूमाथि कैदीलाई जस्तो व्यवहार गरेको भन्दै विश्वभर आलोचना हुने गरेको छ ।

राष्ट्रसङ्घको एक समितिले सिन्जियाङमा करिब दश लाख उइगुर मुस्लिमहरूलाई चीनले थुनामा राखेको बताएको थियो।

चिनियाँ प्रहरीले सिन्जियाङ प्रान्तमा लाखौँ उइगुर मुस्लिमलाई पूर्णत निगरानीमा राख्ने गरेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचको प्रतिवेदनमा उल्लेख छ ।

यसैको विरोधमा जमियत अलमा नेपालले उइगर मुस्लिमहरूको मानव अधिकार बहाली गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेको हो ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ३ : ५७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०