उच्च रक्तश्रावले सुत्केरीको मृत्यु | Khabarhub Khabarhub

उच्च रक्तश्रावले सुत्केरीको मृत्यु


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको उच्च रक्तश्रावले मृत्यु भएको छ ।

चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिएकी उनको रक्तश्राव नरोकिएपछि सेती प्रादेशिक अस्पताल सिफारिस गरिएको थियो ।

प्रादेशिक अस्पतालमा समेत उपचार गर्दा रक्तश्राव नरोकिएको उनको मृत्यु भएको स्थानीयवासी योगेन्द्र कठायतले जानकारी दिए ।

नवजात शिशुको अवस्था भने सामान्य रहेको चिकित्सकले जनाएका छन् । मृतकका अरू दुई छोरी पनि छन् । ती महिलाको बुधबार नै अन्त्येष्टि गरिएको घरपरिवारले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ८ : २५ बजे

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई