राजधानीमै नक्कली मह बनाउँदै बेच्दै, मैदाको चाका ! | Khabarhub Khabarhub

राजधानीमै नक्कली मह बनाउँदै बेच्दै, मैदाको चाका !


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको गोंगबुस्थित एक होटेलमा केही ब्यापारीहरुले नक्कली मह बनाएर बेच्ने गरेको खुलासा भएको छ ।

काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटेलमा बसेर नक्कली महको धन्दा चलाइरहेको भेटाएको हो ।

अनुगमन टोलीले गोंगबु मित्रनगरस्थित होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान फेला पारेको हो ।

होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका थिए । होटल सञ्चालकले आफूसँग व्यापारीको सम्पर्क फोन नम्बर नभएको बताएका छन्।

अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले २ जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरी वृत्त बालाजुले जनाएको छ ।

होटल सञ्चालक लीलाबल्लभ पराजुलीकाअनुसार उनीहरुमध्ये असोज २० गते २ जना आएर कोठा लिएर बस्न थालेका थिए । २२ गते ४ जना थपिए । हिजो अर्थात् असोज २५ गते ६ जना आए । उनीहरु मह व्यापारी हौं भन्थे । कोठामा बस्थे । दिउँसो मह बेच्न जान्थे । बेलुका फर्कन्थे ।

पराजुलीकी श्रीमतिकाअनुसार उनीहरु मह बेच्ने पुराना व्यापारी हुन् । यस अघि २०७६ को पुष माघ महिनामा आएर व्यापार गरेर फर्केका थिए ।

पहिले पनि आउने जाने गरेकाले उनीहरुको परिचय पत्र आफूहरुले नखोजेको होटेल सञ्चालक पराजुलीले बताए । उनीहरु महोत्तरीतिरका भएको पराजुलीले बताए ।

अनुगमन टोलीको नेतृत्व गरिरहेका महानगरको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार महको चाका मैदाको हुन सक्छ । अन्य रसायन के के प्रयोग गरेका छन् त्यसबारे अध्ययन भइरहेको छ ।

अनुगमन टोलीले होटलका ३ वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा राखेर ताला लगाएको छ । त्यहाँ ९ किलो १८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाका भेटिएको थियो । यस्तै अन्य सानातिना धेरै पोकासमेत फेला परेको भण्डारीले बताए ।

अनुगमनमा रहनुभएका उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘यो सक्कली काम हुँदै होइन । लेवलबिनाका सामान बेच्नु सरासर गैरकानुनी हो । त्यसमा पनि मह शतप्रतिशत नक्कली हो ।’

होटलका कर्मचारीले एउटा पोको खोलेर देखाए । त्यहाँ भएको बाक्लो र च्यापच्याप हुने तरल पदार्थमा चाका डुवाइएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ०९ बजे

आजका समाचार : प्रधानमन्त्री-झलनाथ खनालबीच भेटदेखि मधेशमा लोसपा बाहिरियोसम्म

प्रधानमन्त्री र झलनाथ खनालबीच भेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : ओली

झापा– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सानातिना

सेतो मच्छिन्द्रनाथ जात्राको रौनक (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथको जात्रा आज मनाइएको छ । हरेक वर्ष

गृहमन्त्री लामिछानेले सत्ताबाहिर बसेर छानबिनलाई सघाउन् : रमेश खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता रमेश खरेलले

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट 

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन