नसर्ने रोगको अवस्था भयावह बन्दै | Khabarhub Khabarhub

नसर्ने रोगको अवस्था भयावह बन्दै


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरुको छलफलबाट नेपालमा नसर्ने रोगको अवस्था निकै चुनौतीपूर्ण रहेको निष्कर्ष निक्लिएको छ ।

कार्यक्रममा डा अभिनभ वैद्यले मधुमेह, मुटुरोग, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मष्तिस्काघात, अम्लपित्त, मिर्गौला खराबी, दम, माइग्रेन, डिप्रशन, मोटोपना आदी नसर्ने रोगहरुले नेपालमा भयावह अवस्था लिँदै गएको उल्लेख गरे ।

यी रोगबाट ४० वर्षभन्दा मुनि उमेरका युवावर्ग बढी प्रभावित भएको बताउँदै उनले यी रोगबाट बच्न सोच्नुपर्ने बेला आएको उल्लेख गरे । चालिस वर्षभन्दा कम उमेरका ३७ दशमलव ९ प्रतिशत युवा नसर्ने रोगबाट नप्रभावित बनेको डा अभिनभ वैधले जानकारी दिए ।

डा सरोज निरौलाले विश्वमा वार्षिक १० लाख मानिसले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताए । क्यान्सरबाट ज्यान गुमाउनेमा ७० प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकका मानिस रहेको उनले उल्लेख गरे ।

नेपालमा पनि क्यान्सरका रोगी बढ्दै गएको बताउँदै उनले नसर्ने रोग क्यान्सरबाट बचाउन जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्ने उल्लेख गरे । धुलोधुँवा, विकिरण रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढेको बताउँदै स्वस्थ जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार भएको उनले उल्लेख गर्ने ।

मानसिक स्वास्थ्यको विषय महामारीभन्दा अगाडिदेखि नै उठेको बताउँदै उनले कोरोना महामारीका कारण थप यसको जटिलता बढेको उल्लेख गर्ने । उनले नेपालले कोरोना महामारीका कारण रोजगारी गुमाउदा, लामो समयसम्मको बेरोजरीका कारण कमजोर आर्थिक अवस्था तथा अभावका कारण अधिकांशको मानसिक स्वास्थ्यमा असर परेको बताए ।

मानसिक समस्याकै कारण मानिस आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको बताउँदै उनले पुरुषको तुलनामा ठूलो सङ्ख्यामा महिलाले आत्महत्या गर्ने उल्लेख गरे ।

उनका अनुसार पैंतालीस प्रतिशतसम्म महिलाले आत्महत्या गर्ने प्रवृत्ति देखिएको छ । मानसिक समस्याबाट बच्नका लागि सकारात्मक सोच, स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

डा कृष्णबहादुर थापाले बालबालिकामा जन्मजात देखिने डिस्लेक्सियाको प्रभाव बढ्दै गएको बताए । विश्वमा विद्यालय जाने अवस्थाका तीन देखि १९ प्रतिशत बालबालिकामा यस्तो समस्या रहने अध्ययनले देखाएको बताउँदै नेपालको सन्दर्भमा पनि बालबालिकामा यस्तो समस्या बढ्दै गएको उनले जानकारी दिए ।

सचेतनाको अभावले नेपालमा यस्तो रोग लागेका बच्चाका लागि छुट्टै शिक्षा प्रणालीको व्यवस्था गर्न नसकिएको उनको भनाइ थियो ।

‘डिस्लेक्सिया भएका बच्चा अरु सामान्य बच्चाभन्दा फरक हुन्छन् । उनीहरु शुद्ध उच्चारण गर्न नसक्ने तथा एकदमै ढिला अध्ययन गर्ने हुन्छन् । दायाँबायाँ ट्याउन नसक्ने हुँदा उनीहरु स्मल बी र डीलाई एउटै देख्छन् । जसले पनि अध्ययनमा अप्ठ्यारो हुन्छ’, उनले भने । यस्ता बालबालिकाको अवस्था अनुसार पेडागोजी तयार गरी सोेहीअनुसार डिस्लेक्सिया भएका बालबालिकालाई सिकाइ प्रणाली लागू गर्न राज्यले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

प्रा डा अञ्जना सिंहले नेपालमा डेङ्गु भाइरसको प्रभावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । डेङ्गु एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट लाग्ने उनले बताए । नेपालमा २००४ सालमा डेङ्गु देखिएको बताउँदै उनले नेपालमा डेङ्गु सङ्क्रमण बढ्दै गएको उल्लेख गरे ।

‘डेङ्गु एउटा मानिसबाट अर्को मानिसमा सर्दैन र यो तब मात्र सर्छ जब एउटा लामखुट्टेली सङ्क्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस विकास भएर त्यो लामखुट्टेले अर्को स्वस्थ मासिलाई टोक्छ’, उनले भने ।

पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले एनआरएनएले यो महामारीको समयमा आयोजना गरेको लाइफ एण्ड हेल्थ साइन्स विषयक कार्यक्रम निकै महत्वपूर्ण भएको बताए । उनले नेपालमा अर्टिजम डिस्लेक्सियालगायत मानसिक रोग, मुटु रोग, क्यान्सर, डेङ्गुलगायत नसर्ने रोगको जोखिम बढ्दै गएको बताउँदै न्यूनीकरणका लागि राज्यसँगै सम्पूर्ण सरोकारवालाको सहकार्य आवश्यकता भएको औँल्याए ।

डा कृष्ण काफ्लेले नेपालको मध्यपहाड मानव, वन्यजन्तुबीचको द्वन्द्व क्षेत्रदेखि जुनोटिक रोगहरुको उच्च जोखिम क्षेत्र बन्दासम्मको परिवर्तन विषयमा कार्यपत्र प्रस्तुत गरे ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ३ : ५४ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप