सीमा विवादबारे भारत-चीनबीच आज वार्ता | Khabarhub Khabarhub

सीमा विवादबारे भारत-चीनबीच आज वार्ता


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत-चीनबीच आज सीमा विवादबारे वार्ता हुँदैछ ।

पूर्वी लद्दाखमा जारी तनाव समाधानका लागि आज (सोमबार) दुई देशका सैनिकबीच सातौं चरणको वार्ता हुन लागेको भारतीय दैनिक पत्रिका द टाइम्स अफ इण्डियाले जनाएको छ।

सीमा वार्तामा पहिलोपटक चीनका कूटनीतिक प्रतिनिधि पनि सहभागी हुँदैछन् ।वार्तामा चीनको प्रतिनिधि मण्डलमा विदेश मन्त्रालयका अधिकारी र राजनीतिक प्रतिनिधि सहभागी हुने जनाइएको छ।

यसअघि गत सेप्टेम्बर २१ मा भएको छैटौं चरणको वार्तामा भारतका तर्फबाट एक वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव (पूर्वीएसिया) नवीन श्रीवास्तव सहभागी भएका थिए।

गत जुन १५ मा पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच झडप हुँदा भारतका २० सैनिक मारिएका थिए। चीनतर्फ के कति क्षति भयो केही पनि खुलाइएको छैन।

त्यसयता पनि पूर्वी लद्दाख दुई देशका सेनाबीच तनाव बढ्दै गएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ९ : ३८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६