कतारबाट १५३ नेपाली स्वदेश फर्किए | Khabarhub Khabarhub

कतारबाट १५३ नेपाली स्वदेश फर्किए



दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अलपत्र परेका १५३ जना नेपाली स्वदेश फर्किएका छन् ।

नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ३७ औं उडानबाट १५३ जना नेपाली स्वदेश फर्किए हुन् ।

दोहाबाट काठमाडौंका लागि हिमालय एयरलाइन्सको ९५६३२ उडानमार्फत ११ महिलासहित १५३ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

दुवै उडानमा समावेश भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले कोभिड -१९ परीक्षण गरी पीसी आर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचिव भट्टराईले बताए ।

स्वदेश फर्कन लागेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजीकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

दूतावासका अनुसार हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बर २३ तारिखका लागि उडान गर्ने तय भएको जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : १४ बजे

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि