चीनबाट प्रवेश गर्न खोज्नेलाई गोली हान्न उत्तर कोरियाको आदेश | Khabarhub Khabarhub

चीनबाट प्रवेश गर्न खोज्नेलाई गोली हान्न उत्तर कोरियाको आदेश


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

उत्तरले आफ्नो देशमा कोरोना संक्रमण शुन्य भएको दाबी गर्दै अन्य देशबाट आउने मानिसहरुको प्रवेशलाई निकै कडाइ गर्दै आएको छ । अझ उसले चिनियाँ नागरिकलाई भने विशेष निगरानीमा राखेको छ ।

दक्षिण कोरियास्थित अमेरिकी सेनाका अनुसार उत्तर कोरियाले चीनबाट उत्तरमा प्रवेश गर्न खोज्ने जोकोहीलाई पनि गोली हान्नेसम्म आदेश दिएको छ।

गत जनवरीदेखि नै उत्तरले चीनसँगको सिमाना बन्द गरेको छ।

दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डर रोवर्ट अब्राम्सका अनुसार चीनको सिमानाबाट लकडाउको समयमा लुकिछिपी खानेकुरा तथा लत्ताकपडाहरु ल्याउने कार्य भइरहेको छ।

चीनबाट उत्तर प्रवेश गर्न खोज्नेमा कोरोना देखिनसक्ने भन्दै उत्तरले चीनबाट प्रवेश गर्न खोज्नेलाई गोली हान्न आदेश दिएको अमेरिकी सेनाको भनाइ छ। हिन्दुस्तान टाइम्सबाट

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०