यस्तो छ कोरोना संक्रमण जितेका स्वास्थ्य मन्त्रालयका दुई कर्मचारीको अनुभव | Khabarhub Khabarhub

यस्तो छ कोरोना संक्रमण जितेका स्वास्थ्य मन्त्रालयका दुई कर्मचारीको अनुभव


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई कर्मचारीले आत्मबल बलियो बनाएर नै कोरोना विरुद्धको लडाइँ जितेको अनुभव सुनाएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमार्फत मन्त्रालयका कर्मचारी शिवहरी आचार्य र स्वास्थ्य सेवा विभागमा कार्यरत सवारी चालक उत्तर कुमार काफ्लेले कोरोना संक्रमित भइसकेपछिको अनुभव सुनाएका हुन् ।

आचार्यले आफूले  बेसार पानी, गुर्जो, अदुवा लगायतका घरेलु औषधिबाट कोरोना संक्रमण जितेको बताए । यसैगरी काफ्लेले आफूमा कोरोनाको लक्षण नदेखिए पनि आत्मबल बलियो बनाएरै कोरोना जितेको बताए ।

उनीहरुले कोरोना संक्रमण भएपछिको क्वारेन्टिन बसाइबारे आफ्नो अनुभव पनि सुनाएका छन् । उनीहरुको अनुभव जस्ताको जस्तैः

शिवहरि आचार्य, स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारी

म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत एक कर्मचारी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक प्रशासन शाखामा मैले काम गर्दैगर्दा हरेक दिन कोलेनिका, मलेलिका, राष्ट्र बैंक तथा बैंकहरु म नियमित गइरहनुपर्ने हुन्छ ।

त्यो क्रममा मलाई कहाँबाट कसरी कोरोना संक्रमण भयो मलाई थाहै भएन । जब परीक्षण गराएको केही समयपछि तपाई कोरोना पोजेटिभ हुनुभयो भनेर फोन आयो ।

त्यो समय अलिकति मन डरायो । मन डराएपछि नदुखेको टाउँको पनि दुखे जस्तो भयो । नदुखेको जिउ पनि दुखेको जस्तो भयो । मलाई कार्यालयका सरहरुले बाबु नडराउनुस् भन्नुभयो र सकारात्कम कुरा गर्नुभयो ।

सरहरुले नै अस्पतालमा बस्ने वा होम आइसोलेसनमा भन्नु भयो । मलाई लक्षण थिएन त्यसैले मैले घरमै बस्न सुरक्षित हुन्छ भन्ने सोचे ।

घरमा छुट्टै बस्न सहज हुने भएपछि सरहरुले पनि हुन्छ भन्नुभयो । त्यसपछि म घरमा गएर छुट्टै कोठामा बसेँ ।

आफ्ना आफन्तहरुलाई म कोरोना पोजेटिभ भए भन्दा उहाँहरु भावुक हुनुभयो ।आफन्त भावुक हुनुभएको देखेर मलाई पनि नरमाइलो लाग्यो ।

१६ दिन होम आइसोलेसनमा बसेर बेसारपानी, गुर्जो, अदुवा, लसुन जस्ता घरेलु औषधि सेवन गरेर मैले आज कोरोनालाई जितेको छु ।

१६ औं दिनमा मैले कोरोना पुनः परीक्षण गराउँदा मेरो कोरोनाको रिपोर्ट नेगेटिभ आयो । कोरोना रिपोर्ट नेगेटिभ आउँदा म धेरै खुसी भएँ ।

कोरोना नेगेटिभ आएपछि पनि मैले आफ्नो घर परिवारमा सँगै रहिन, मैले २१ दिनसम्म छुट्टै क्वारेन्टिनमा नै बसेँ ।

त्यो समयमा कार्यालय पनि गइन । २१ दिनपछि म पूर्णरुपमा स्वस्थ भएर कोरोनालाई जितेर पुनः अफिज जाने र घरपरिवारमा पनि मिलेर बस्न थालेँ।

मैले कोरोनालाई जित्न आत्मविश्वास बलियो बनाउँदै पौष्टित तत्वहरु धेरै खाएँ । इनर्जेटिक भएर कोरोनालाई जितिन्छ ।

उत्तर कुमार काफ्ले, स्वास्थ्य सेवा विभागका सवारी चालक

कोरोना जितेर यहाँहरुमाझ आफ्नो अनुभव सुनाउन पाउदा मलाई खुशी लागेको छ ।

मलाई कोरोना संक्रमण कसरी भयो भनेर बुझ्न गाह्रो छैन । कोरोना प्रभावित जिल्लाहरुमा गइरहनुपर्दा त्यसै क्रममा काँही कतै सावधानी अपनाउन कमजोरी हुँदा मलाई यो रोग लाग्यो ।

मलाई यो रोग लागेपछि लक्षणहरु नभएकाले कोरोनालाई जितेर फर्कत सफल भएँ ।

कोरोना संक्रमण पश्चात मलाई मेरो अफिसका आदरणीय सरहरु र साथीभाइहरुबाट सहयोग र ढाडसले धेरै सहयोग पुर्‍याएको थियो ।

उहाँहरुले मप्रति देखाउनु भएको सकारात्मक व्यवहार र माया प्रति निकै नै आभारी छु ।

कोरोना लागेका धेरै साथीभाइ र आफन्तलाई समाजबाट हेलाको भावले हेर्ने गरेको पाइयो । उनीहरु र उनीहरुका परिवार प्रति नराम्रो घटना हुने गरेको छ । यसले गर्दा बिरामीलाई थप मानसिक तनाब हुन गइ उसको मनोवल कम भएर रोगसँग लड्न गाह्रो हुन्छ ।

यस्ता व्यवहार कसैले कसैप्रति नगर्नुहुन म अनुरोध गर्दछु । आज तपाई संक्रमित हुनुहुन्न भने भोलि पनि संक्रमित हुनुहुने छैन भन्ने कुनै ग्यारेन्टी हुन्न ।

त्यसैले स्वास्थ्य सुरक्षामा खटिने सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य सबैलाई माया र सद्भावपूर्ण व्यवहार गरे मात्र सबैको साथ र सहयोगले मात्र हामीले यो महामारीबाट विजय प्राप्त गर्न सक्छौं ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ५ : ३५ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार