क्रेनको डोरी चुडिँदा दोलखामा एक मजदुरको मृत्यु | Khabarhub Khabarhub

क्रेनको डोरी चुडिँदा दोलखामा एक मजदुरको मृत्यु


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा आज एक मजदूरको मृत्यु भएको छ ।

जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ गुरुम्फीमा निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा पनौती नगरपालिका–६ काभ्रेपलाञ्चोकका ३१ वर्षीय महेश केसीको मृत्युु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले भने, ‘हाइड्रो पावरको भवनभित्र क्रेनबाट माथि काम गर्न जाने क्रममा क्रेनको डोरी चुँडिएर क्रेनको डब्बासहित तल ढलानमा खस्दा केसीको मुत्यु भएको हो ।’

पैंतीस फिट माथिबाट क्रेनको डब्बासहित केसी तल ढलानमा पछारिएका थिए ।

टाउकामा तथा शरीरका विभिन्न भागमा चोट लागेका मजदूरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटना भएको बारे थप अनुसन्धान भइरहेको र शवपरीक्षणका लागि सदरमुकाम चरिकोट ल्याउँदै गरेको जिप्रकाले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ३ : ३२ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस