नेपालले खेल्ने विश्वकप छनोटको खेल २०२१ सम्मका लागि स्थगित | Khabarhub Khabarhub

नेपालले खेल्ने विश्वकप छनोटको खेल २०२१ सम्मका लागि स्थगित


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत संयुक्त छनोटका बाँकी खेल एक वर्ष पछि धकेलिएका छन् ।

फिफा र एसियन फुटबल महासंघ (एएफसी) ले अक्टोबर र नोभेम्बरमा हुने तय भएका विश्वकप छनोटका खेलहरु २०२१ सम्मका लागि स्थगित गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै एएफसीले फिफा र एएफसीले कोरोना भाइरसका कारण अक्टोबर र नोभेम्बरमा हुने तय भएका विश्वकप अन्तर्गतका एसियाली क्षेत्रका खेल २०२१ मा सारिएको जनाएको छ ।

स्वास्थ्यलाई मध्यनजर गर्दै फिफा एएफसीले यो निर्णय गरेको विज्ञप्तिमा भनिएको छ । कोरोनाले सिर्जना गरेको अवस्थाबारे फिफा र एएफसी मिलेर काम गर्ने र त्यसपछि मात्रै अर्को मिति तोकिनेछ ।

नेपालले विश्वकप छनोट अन्तर्गतका आफ्ना तीन खेल खेल्न बाँकी छ । चाइनीज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँगको घरेलु मैदानमा हुने खेल नेपालले खेल्न बाँकी छ ।

यसअघि मार्चमा हुने तय भएको विश्वकप छनोटको खेल कोरोना महामारीका कारण अक्टोबर र नोभेम्बरमा गर्ने तयारी फिफा र एएफसीले गरेका थिए । तर, कोरोना कहर कम नभएपछि यस क्षेत्रका खेल अब २०२१ सम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १२ : ४५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न