बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु, एक जना संक्रमित, एकको रिपोर्ट आउन बाँकी | Khabarhub Khabarhub

बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु, एक जना संक्रमित, एकको रिपोर्ट आउन बाँकी


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ वर्षीय एक जना र ४२ वर्षीय अर्का पुरुषको मंगलबार राति मृत्यु भएको हो ।

सघन उपचारमा रहेका ७ जनामध्ये २ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषमा २५ गते नै पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो । उनको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कपिलवस्तुकै २५ वर्षीय अर्का युवाको पनि कोरोना बिशेष अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । मंगलबार नै कोरोनाको लक्षण देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पतालमा लगेर भेन्टिलेटरमा राखिएको थियो ।

मध्यरातिबाट समस्या बढ्दै गएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यी २५ वर्षे मृतकको पीसीआर रिपोर्ट आउन बाँकी छ । अस्पतालले उनलाई कोरोनाकै मापदण्डमा राखेर उपचार गरेको प्रवक्ता डा. गौतमले बताए ।

मृतक एक जना कृष्णनगरका र अर्का तौलिहवाका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ९ : ५२ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को