१०२ दिनपछि संक्रमित भेटिँदा न्यूजिल्याण्डको ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन | Khabarhub Khabarhub

१०२ दिनपछि संक्रमित भेटिँदा न्यूजिल्याण्डको ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन गरिएको छ । १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो।

ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

हालै यात्रा नगरेका एकै परिवारका चारजनामा मंगलबार कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय संक्रमण मुक्त १०२ दिनको क्रम भंग भएको हो न्यूजिल्याण्डमा।

संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजीमा स्थानीय अधिकारीहरु सक्रिय भएका छन्। ओक्ल्याण्डमा बुधबारदेखि लकडाउन लागू भएको छ ।

ओक्ल्याण्डका बासिन्दालाई घरमै बस्न भनिएको छ। ठूलो संख्यामा मानिस भेला हुन पाउने छैनन्, अत्यावश्यक बाहेकका व्यवसायहरु बन्द गरिने छ र देशभर नै सामाजिक तथा भौतिक दूरी कायम गर्नु पर्ने नियम पुनः लागु हुने जनाइएको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा कम प्रभावित अर्थात महामारीमाथि नियन्त्रण पाउन सकेको देशका रुपमा चिनिन्छ न्यूजिल्याण्ड।

त्यहाँ अहिलेसम्म कुल संक्रमितको संख्या १२ सय २० छ भने २२ जनाको कोभिड–१९ बाट ज्यान गएको छ। न्यूजिल्याण्डमा गएको फेब्रुअरीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : ३८ बजे

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा