पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा जोड दिइ मौद्रिक नीति आउँछ : प्रवक्ता डा. भट्ट | Khabarhub Khabarhub

पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा जोड दिइ मौद्रिक नीति आउँछ : प्रवक्ता डा. भट्ट


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्दै पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै प्रवक्ता भट्टले अहिलेसम्म सबै क्षेत्रका विज्ञहरुको सुझाव लिने काम भैसकेको जनाए ।

उनले भने, ‘सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्नेगरि नै मौद्रिक नीति आउँछ, यसले सबै क्षेत्रको सुझावहरु समेट्ने कोसिस गरेको छ ।’

कोभिड–१९ कारण आर्थिक वृद्धिदरको गतिमा ब्रेक लागेको र आपूर्ति श्रृंखलासमेत अवरुद्ध भैरहेको परिस्थिति सुनाउँदै उनले अब आउने मौद्रिक नीतिले आर्थिक पुनरुत्थान गर्ने विश्वास दिलाए ।

उनले भने,‘मौद्रिक नीतिमा आर्थिक पूनरुत्थानमै जोड छ । अधिकतम लचिलो नीति ल्याउनेगरी हामी छलफलमा छौं ।’

बैंकहरुको कर्जा प्रवाह हुन नसकेका कारण बजारमा तरलता अधिक रहेको साथै बजेटमै व्यवस्था गरिएको पुनर्कर्जा कोषको सही परिचालन र आर्थिक पुनरुत्थानका लागि पनि मौद्रिक नीति केन्द्रित हुने उनले स्पष्ट पारे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेटजत्तिकै महत्वपूर्ण भएकोले सबै क्षेत्रलाई राहत मिल्ने गरी ल्याउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा

मुलुकको अर्थतन्त्र उकास्न र नीजि क्षेत्रलाई समेत माथि उकास्नका लागि मौद्रिक नीति व्यवहारिक आउनेमा आफू आशावादी रहेको गोल्छाले बताए ।

उनले कोभिड–१९ का कारण स्वदेशमा झण्डै पाँच लाख युवाहरु विस्थापित भएको र सोभन्दा ठूलो संख्यामा विस्थापित भइ बाहिरबाट युवाहरु आउने सुनाउँदै उनीहरुलाई व्यवस्थापन गर्न चुनौती रहेको बताए ।

‘यो चुनौतीलाई पनि सम्बोधन गर्ने गरी मौद्रिक नीति आउनुपर्छ’–उनले भने ।

उनले भने,‘अबको तरलताको व्यवस्थापनका लागि मूख्य आशा नै मौद्रिक नीति हो।’ उनले मौद्रिक नीतिमा मूख्यतः पुनर्कर्जा, ब्याजदर र पुनसंरचनालाई जोड दिए।

उनले यो वर्ष पैसा कमाउने वर्ष नभएको भन्दै सबैले सर्भाईभ हुनेगरि नीति आउनुपर्नेमा जोड दिए ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालको बैंकिङ क्षेत्र दक्षिण एशियामै राम्रो रहेको सुनाए । अहिलेको संकटबाट मुलुकलाई पार लगाउनको लागि मौद्रिक नीति महत्वपूर्ण हुने बताउँदै आगामी ६ महिनासम्म ईकोनोमी ड्राईभ हुने र एक वर्षपछि ईकोनोमिक ग्रोथ हुने उनले विश्वास व्यक्त गरे ।

नेपाल बंगलादेश बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना

नेपाल बैंकर्स एशोसिएनका पूर्व अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले यो वर्षको बजेटमा आम जनताले अधिकतम राहतको आशा राखेको भएपनि केही राहत आएको तर जनताका अपेक्षा पूरा नभएको स्पष्ट पारे ।

बैंकको ब्याजदर कम गर्नलाई आफूहरु प्रयासरत रहेको पनि उनको भनाई छ । उनले भने,‘१५/१६ प्रतिशतको ब्याजदरलाई १२ प्रतिशतमा ल्याऔं । हामी यसलाई सिंगल डिजिटमा ल्याउने कोशिस गर्दैछौं ।’

उनले उद्योगी, व्यवसायी, व्यापारी, बैंकर्सलगायत सबै क्षेत्रका सरोकारवालाहरुले मौद्रिक नीतिमा केही अपेक्षा गर्नु स्वभाविक भएपनि मौद्रिक नीतिका केही आफ्नै सीमाहरु हुने तर्क गरे ।

चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अहिले राष्ट्र विषम परिस्थितिबाट गुज्रिरहेकोले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति विगतभन्दा फरक आउनुपर्नेमा जोड दिए । उनले नेपालको अर्थतन्त्र उत्पादनमुखी र निर्यातमुखी बन्नुपर्नेमा जोड दिए ।

उनले १५० अर्बको ‘स्टिमुलस प्याकेज’ लागू हुनुपर्ने पनि बताए । उनले भने,‘यो बजेटमा घोषणा भएको छ । तर, कार्यान्वयन भएको छैन् । अब आउने मौद्रिक नीतिले सम्बोधन गर्छ होला ।’

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १० : ३२ बजे

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक

अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौं– सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्री परिषद  विस्तार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा

बाल अस्पताललाई सांसद शर्माको २० लाख सहयोग

काठमाडौं– प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग