मलेसियन ओपन अन्तर्राष्ट्रिय च्यालेन्जमा सापकोटाले जिते स्वर्ण | Khabarhub Khabarhub

मलेसियन ओपन अन्तर्राष्ट्रिय च्यालेन्जमा सापकोटाले जिते स्वर्ण


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका मधुसुदन सापकोटाले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा स्वर्ण पदक जितेका छन् ।

उनले तेक्वान्दोको ४० वर्षमाथि उमेर समूहअन्तर्गत पुम्से विधामा स्वर्ण जितेका हुन् ।

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काका अनुसार प्रतियोगितामा सहभागी प्रगति कुइँकेलले १३–१४ वर्ष तथा आयुश बोहराले १५ देखि १७ वर्ष उमेर समूहमा रजत जितेका छन् ।

१०–१२ वर्षमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कांस्य पदक हात पारे । पदक विजेता सबै खेलाडी एनटीएका हुन् । एनटीएबाट जम्मा ८ खेलाडीले सहभागिता जनाएका थिए । तीन खेलाडीको प्रतिस्पर्धा हुन बाँकी छ ।

प्रतियोगितामा १२ राष्ट्रका ३७५ खेलाडीको सहभागिता रहेको खड्काले जानकारी दिए ।

जुलाई ११ तारिखदेखि सुरु प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ६ : ४८ बजे

पोखरामा भालिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम