ग्रिज्म्यानले ला लिगाका बाँकी खेल गुमाउने ! | Khabarhub Khabarhub

ग्रिज्म्यानले ला लिगाका बाँकी खेल गुमाउने !


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस महारथी बार्सिलोनाका फ्रान्सेली स्टार एन्टोइनी ग्रिज्म्यान चोटग्रस्त भएका छन् ।

बार्सिलोनाले आइतबार दिउँसो ग्रिज्म्यान चोटग्रस्त भएको जानकारी दिएको हो ।

आइतबार बिहान भालाडोलिडविरुद्धको खेलमा दाँया खुट्टामा चोट लागेपछि घाइते बनेका ग्रिज्म्यानले ला लिगाका बाँकी खेल गुमाउन सक्ने बताइएको छ ।

यद्यपि ग्रिज्म्यान कहिलेसम्म टीममा रहने छैनन् भन्ने स्पष्ट पारिएको छैन ।

‘आज बिहान चेक जाँच गर्दा पहिलो टोलीका खेलाडी ग्रिज्म्यान चोट ग्रस्त भएका छन् । उनको दाँया खुट्टामा चोट लागेको छ,’ बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले उनी टोलीमा हुने छैनन् । उनको चोटको मुल्याङ्कन गरी अभ्यासमा फर्काइनेछ ।’

भोलाडोलिडविरुद्ध पहिलो हाफ खेलेका ग्रिज्म्यान दोस्रो हाफमा चोटका कारण मैदान छिरेका थिएनन् ।

उनको स्थानमा लुइस स्वारेज मैदान प्रवेश गरेका थिए । उक्त खेलमा बार्सिलोनाले १–० को साँघुरो जीत हात पारेको थियो ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ५ : ०५ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले