पूजापछि ओइलाएको फूल कहाँ सेलाउने ? | Khabarhub Khabarhub

पूजापछि ओइलाएको फूल कहाँ सेलाउने ?


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दुधर्ममा भगवानको मुर्ती, प्रतिमा वा फोटोमा फूल अर्पण गर्ने परम्परा छ । यसरी भगवानलाई फूल अर्पण गर्दा श्रद्धालुको मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।

मानिसहरु घरमा भगवानको मुर्ती वा प्रतिमा स्थापित गरेर फूल चढाउने गर्दछन् । तर यसरी चढाइएका फूल जलाशयमा सेलाउने चलन छ । तर कुहिएको फूल जलासयमा हाल्दा यसले फोहर हुने गर्दछ । त्यसो भए भगवानको पूजामा चढाइएको फूललाई के गर्ने ?

१. भगवानलाई चढाइएको फूल सेलाउँदा फूलको अपमान नहुने ठाउँमा राख्नुपर्छ । सकेसम्म यसलाई खुट्टाले टेक्नु हुदैन ।

२. भगवानलाई चढाएको फूल ओइलिएपछि त्यसलाई पहिले आफ्नो निधारमा टाँसेर आँगनको तुलसी वा मन्दिर परिसरको कुनै रुखको फेदमा सेलाउनुपर्छ ।

३. रुखमुनि ओइलाएको फूल राख्दा यसले रुखलाई मलको रुपमा काम गर्दछ । जसबाट रुखले पोषक तत्व पाउँछ साथै अन्यत्र फोहोर पनि हुदैँन ।

४. भगवानलाई अर्पित गरिएका सबै वस्तु पवित्र हुने भएकाले फूल समेत पवित्र मानिन्छन् । तसर्थ भगवानलाई चढाइएको फूल जहाँ पायो त्यहा फ्याकेर अपमान गर्नु हुदैन ।

५. फूल मात्र होइन भगवानलाई चढाएको प्रसाद पनि लामो समयसम्म राख्नु हुदैन । यसलाइृ पूजा समापन भए लगत्तै भक्तहरू माझ बाड्नु पर्दछ । यदि बाकीँ रहेमा कुनै पशुलाई ख्वाउनु पर्दछ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ९ : १० बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।