रक्तदान कार्यक्रम गरी विज्ञापन संघले वार्षिकोत्सव मनायो « Khabarhub

रक्तदान कार्यक्रम गरी विज्ञापन संघले वार्षिकोत्सव मनायो


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विज्ञापन संघ (आन)ले रक्तदान कार्यक्रम गरी आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ। आनले शान्तिनगरमा रहेको कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो।

कार्यक्रमलाई नेपाल मेडिसिटी अस्पतालले सहकार्य गरेको आनले जनाएको छ। काठमाडौं ३१ नम्बर वडाका प्रमुख नारायण प्रसाद बिँडारीले कार्यक्रमको उद्घाटन गरेका थिए। उनले सामाजिक कार्यका लागि संघलाई बधाई दिएका थिए।

उक्त कार्यक्रममा ३० पिन्टभन्दा धेरै रगत संकलन भएको आनले जनाएको छ।

कार्यक्रममा योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारी, आलोकनगर समाज अध्यक्ष रविन्द्र कुमार रिजाल, तथा आन अध्यक्षलगायतको सहभागिता थियो।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ११ : २५ बजे

मछिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिने

काठमाडौँ– रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आगामी बुधबार रथलाई जावलाखेल लगिने भएको

काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल तेब्बर मतान्तरले विजयी, कति ल्याइन् मत ?

काठमाडौं-काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका सुनिता

तिलोत्तमा नगरपालिकामा काँग्रेसका खाँण विजयी

काठमाडौं– रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रामकृष्ण खाँण निर्वाचित

इरानमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

काठमाडौं– इरानको दक्षिणपश्चिमी शहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा

नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौँ– स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त