राष्ट्रसंघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपाल निर्वाचित | Khabarhub Khabarhub

राष्ट्रसंघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपाल निर्वाचित


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा पहिलो पटक निर्वाचित भएको छ ।

न्युयोर्कस्थित नेपाली नियोगले उक्त पदमा पहिलोपटक नेपालका तर्फबाट राष्ट्रसंघका लागी नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले निर्वाचित भएको जनाएको छ ।

महासभामा ६ वटा मुख्य कमिटीमध्ये यो कमिटि निकै महत्वपूर्ण कमिटी मानिन्छ । अल्पविकसित देशले सामान्य गर्ने समस्या, विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन समेत यस कमिटीले हेर्ने भएकाले पनि यो महत्वपूर्ण मानिएको हो ।

राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका सकारात्मक भूमिका निर्वाह गर्नका लागि यो महत्वपूर्ण अवसर भएको नेपाली नियोगले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ११ : ०७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन