मन्त्री अर्यालद्वारा सहकारी विभागको निरीक्षण | Khabarhub Khabarhub

मन्त्री अर्यालद्वारा सहकारी विभागको निरीक्षण


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरीक्षण गरेकी छिन् ।

उनले शुक्रबार विभागको निरीक्षण गर्दै कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न निर्देशन दिएकी हुन् ।

उनले लकडाउनलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारले लागू गरेका नियमहरुको पूर्ण पालना गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिइन् ।

मन्त्री अर्यालले भनिन्, ‘कार्यालयमा भीडभाड कम गर्न दुई सिफ्टको सिस्टम लागू गरेर कार्यालय सञ्चालन गर्नुस् ।’

कोरोनाले नयाँ चुनौती थपेको भन्दै उनले अहिले विदेशबाट फर्किएकाहरुलाई सहकारीमार्फत रोजगारी दिन सकिने बताइन्।

‘अहिले परिस्थिति फेरिएको छ । कोरोना महामारीका कारण विदेशमा रहेका धेरै नेपालीहरु स्वदेश फर्किएका छन् । केही फर्किने क्रममा छन्, उनीहरुलाई समेत स्वरोरजगार बनाउनुपर्ने छ’, मन्त्री अर्यालले  भनिन्, ‘हामीसँग रहेका सहकारीमार्फत उनीहरुलाई रोजगारी दिन सक्ने अवस्था छ ।’

अहिले नै सहकारीहरुको राम्रोसँग नियमन गर्न नसकेमा भविष्यमा ठूलो चुनौती हुनसक्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ८ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०