प्रदेश २ मा २०४ संक्रमित थपिए, हालसम्म ४२० जना डिस्चार्ज | Khabarhub Khabarhub

प्रदेश २ मा २०४ संक्रमित थपिए, हालसम्म ४२० जना डिस्चार्ज


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमित मध्ये ९ जना महिला र १ सय ९५ जना पुरुषहरु रहेका छन् । सप्तरीमा १८ जना, सिरहामा ११ जना, धनुषामा १५ जना, महोत्तरीमा १६ जना, सर्लाहीमा ५७ जना, रौतहटमा ८६ जना र बारामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सोही नगरपालिकामा नै ४८ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका १३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सप्तरीकै महादेवा गाउँपालिकाका २८ र बोदेबर्साइन नगरपालिकाका ४८ बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

सिरहाको सिरहा नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकाका ६० बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सिरहाकै गोलबजार नगरपालिकाका १७ बर्षिय किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सिरहाकै कर्जनहा नगरपालिकाका २२ बर्षिय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सोही नगरपालिकाका १९ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषाकै जनकपुर उपमहानगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका २ जना र सोही उपमहानगरका १९ देखि ४० बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका का २५ बर्षिय, सबैला नगरपालिकाका २२ बर्षिय र मिथिलाबिहारी नगरपालिकाका १६ बर्षिय पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरी जिल्लाको भंगहा नगरपालिकाका २१ र २५ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । महोत्तरी जिल्लाकै मठियानी नगरपालिकाका २० बर्षिय पुरुष सहित १ देखि १८ बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका ४३ बर्षिय पुरुष सहित १८ देखि ४० बर्ष उमेर समुहका १० जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोरोना संक्रमित थपिदै गर्दा निको भएर डिस्चार्ज हुनेहरुको संख्या पनि उल्लेख्यरुपमा वृद्धि भएको छ ।

प्रदेश २ सरकारले नियमित रुपमा सञ्चालन गर्दै आएको पत्रकार सम्मेलनमा स्वास्थ्य निर्देशनालय प्रदेश नम्वर २ का बरिष्ठ जनस्वास्थ्य अधिकृत विजय कुमार झाले  निको भएर डिस्चार्ज हुनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको जानकारी दिए । पछिल्लो चौबीस घण्टामा प्रदेश नम्वर २ मा २ महिला र ३७ पुरुषगरी ३९ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

जसअनुसार सप्तरी जिल्ला राजबिराज नगरपालिका स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट १६ जना पुरुष र १ जना महिलागरी १७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

त्यसैगरी महोत्तरी जिल्ला जलेश्वर नगरपालिका स्थित जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट आज १ महिला र ११ जना पुरुष गरी कुल १२ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

धनुषा जिल्ला लक्ष्मीनिया गाउँपालिकामा रहेको वीपी मेमोरियल पोलिटेक्निकल ईन्स्टिच्यूटको आइसोलेसन कक्षबाट १० जना कोरोना संक्रमित पुरुषहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

पछिल्लो चौविस घण्टामा डिस्चार्ज भएका ३९ जनासहित यस प्रदेशका ४ सय २० जना कोरोना संक्रमितहरु सफल उपचारपश्चात अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ६ : १७ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०