आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन | Khabarhub Khabarhub

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको विकास तथा कोरोना रोकथाम र उपचारमा खोज अनुसन्धानका लागि उपयुक्त नीतिगत सुझाव तयार गर्न ‘बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल’ गठन गरेको छ ।

मन्त्रालयका सहसचिव डा गुणराज लोहनीको संयोजकत्वमा गठित १३ सदस्यीय कार्यदलले यस क्षेत्रको प्राथमिकता र सम्भावनाका बारेमा अध्ययन गरी सुझाव दिनेछ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्णयबाट सो कार्यदल गठन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आयुर्वेद र जडीबुटीको सम्भावना र उपयोगलाई उजिल्याउन आग्रह गर्दै आएका बेला मन्त्रालयले यो कार्यदल गठन गरेको हो ।

कार्यदलमा विशेष सदस्यमा प्रा डा देवबहादुर रोक्का, मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा खेमबहादुर कार्की, सदस्यहरुमा मन्त्रालयका डा रुपेन्द्र पुरी, आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका प्रमुख डा सन्तोष ठाकुर, आयुर्वेद क्याम्पसका प्रमुख डा शिव मङ्गल, सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल, नरदेवी आयुर्वेदिक केन्द्रीय अस्पतालका प्रमुख डा प्रदीप केसी, आयुर्वेद चिकित्सा अस्पतालका कार्यकारी निर्देशक डा राजकिशोर साह रहेका छन् ।

यसैगरी राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक रामआधार यादव, आयुर्वेद चिकित्सक सङ्घका डा प्रकाश ज्ञवाली र सदस्यसचिवमा मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा बाबुराजा अमात्य रहेको स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारी जानकारी दिए ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ५ : १० बजे

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)

काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन