हालसम्म ८७७ जना कोरोना संक्रमित निको भएर घर फर्किए | Khabarhub Khabarhub

हालसम्म ८७७ जना कोरोना संक्रमित निको भएर घर फर्किए


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट घर फर्किनेको संख्या ८७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेडमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ जना रहेको जानकारी दिएका हुन् ।

जसमध्ये काठमाण्डौका विभिन्न अस्पतालबाट ८ जना र बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना गरी १६ जना डिस्चार्ज भएका हुन् ।

डा गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८७७ पुगेको छ । जसमध्ये ७८६ पुरुष र ९१ महिला रहेका छन् ।

नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ४ : ४२ बजे

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण