शनिबार र बिदाका दिन पनि बैंक खुल्ने | Khabarhub Khabarhub

शनिबार र बिदाका दिन पनि बैंक खुल्ने


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंक तथा वित्तीय संस्था भोलि (शनिबार) पनि खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले जेठ ३२ गतेसम्म शनिबार तथा सार्वजनिक बिदामासमेत पूर्णकालीन रुपमा खुला राख्न बिहीबार निर्देशन दिएपछि शनिबार बैंकहरु खुल्ने भएका हुन्।

राष्ट्र बैंकका अनुसार राजस्व बुझ्ने प्रयोजनका लागि बैंकका शाखा खुला राख्न निर्देशन दिइएको हो। त्यस्तै, नेपाल क्लियरिङ हाउससमेत शनिबार खुल्नेछ।

सरकारी राजस्व उठाउन महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकलाई खुला राख्न निर्देशन दिने प्रचलन छ।

कोरोना भाइरस (कोभिड–१९)का कारण राजस्व उठ्न नसकेको भन्दै सर्वसाधारणको सहजताका लागि बैकहरु खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १ : ४२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका