विदेशबाट उद्धार गरिएका नागरिकको यसरी हुँदैछ व्यवस्थापन | Khabarhub Khabarhub

विदेशबाट उद्धार गरिएका नागरिकको यसरी हुँदैछ व्यवस्थापन



काठमाडौं– बिहीबार कुवेतबाट नेपालको लागि पहिलो उडान भर्दै जजिरा विमानबाट २९९ जना नेपाली स्वदेश आइपुगे । उनीहरू विभिन्न अभियोगमा परेका र कुवेत सरकारले आममाफी दिएका नागरिक हुन् ।

उनीहरू दिउँसोको साढे ११ र साढे १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् । स्वदेशमा पाइला टेकेसँगै उनीहरूको रेखदेख तथा व्यवस्थापन गर्न नेपाली सेना विमानस्थलमा नै पुगेका थिए ।

नेपाली सेनाले कोरोना परीक्षण र आफ्ना व्यक्तिगत कुराहरू समावेश गर्न डिक्लियरेशन अनलाइनमा फर्म पठाउने गरेको छ । नागरिकहरू विमानबाट उत्रिएसँगै त्यो फर्म सेनालाई दिनुपर्ने व्यवस्था छ ।

त्यससँगै हेल्थ डेक्समा स्वास्थ्य परीक्षण गराउने र सामान्य अवस्थामा रहेका टनेलमार्फत इमिग्रेसनमा पुग्छन् जहाँ सातैवटा प्रदेशका लागि ७ वटा डेक्स राखिएको छ ।

आफ्ना प्रदेशका डेक्समा गई इन्ट्रि गरेपछि सामान लिएर विमानबाट उत्रिन्छन् । पार्किङ क्षेत्रमा उनीहरूका लागि होल्डिङ सेन्टरसम्म पुर्‍याउन सवारीसाधन तयारी अवस्थामा राखिएका हुन्छन् ।

जसमा कोरोना सम्बन्धि सरकारको मापदण्ड पुरा गरेर तोकेको होल्डिङ सेन्टरसम्म पुर्याउने काम भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

‘प्रत्येक प्रदेशले छुट्याएको होल्डिङ सेन्टरमा लग्छौं जहाँ नेपाल टेलिकमको नयाँ सीम वितरण हुन्छ’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले भनेझैं हेल्थ एप डाउनलोड गर्छन् र रजिष्टेशन र फाइनल डकुमेन्टेशनको काम त्यही फाइनल हुन्छ ।’

‘त्यस्तै सीसीएमसीले छुट्याएको प्रत्येक प्रदेशका लागि तोकेका मन्त्रीहरूले उद्धार गरिएका नागरिकलाई सवारीसाधनमार्फत आफ्ना प्रदेशमा लैजाने व्यवस्था गर्नेछन् । त्यसको सुरक्षालाई मध्यनजर गर्दै सम्बन्धित प्रदेशसम्म हामीले पुर्याउछौं’ पाण्डेले भने ।

हरेक प्रदेशमा बनाइएका क्वारेन्टिनमा लगेर उद्धार गरिएका नागरिकलाई राखिने व्यवस्था छ । त्यहीअनुसार अहिलेसम्म उद्धार गरिएकाहरूलाई सुरक्षित साथ क्वारेन्टिनमा राखिएको समेत उनले बताए ।

‘होल्डिङ सेन्टर लैजाने, सवारीसाधनमा चढाउने, सवारीका लागि सुरक्षाकर्मी खटाउने र सम्बन्धित प्रदेशको क्वारेन्टिनमा राखेपछि क्वारेन्टिनको सुरक्षा गर्ने काम सेनाले गरिरहेको छ’ पाण्डेले खबरहबसँग भने ।

त्यस्तै विभिन्न कारणले स्थानीय तहसम्म जान नसक्ने नागरिकका लागि काठमाडौंकै विभिन्न स्थानमा रहेको क्वारेन्टिनमा राख्ने तयारी भइरहेको छ ।

६७ उडानमार्फत २४ हजार नागरिक स्वदेश फर्किने

विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि ६७ वटा उडान हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गर्न उडान तालिका र भाडादर समेत निर्धारण गरिसकेको छ ।

मन्त्रालयले कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति सीसीएमसीलाई उपलब्ध गराएको तालिकाअनुसार जेठ २९ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका बनेको छ ।

नेपाल सरकारले विदेशमा अलपत्र परेकामध्ये २४ हजार १४८ जनालाई स्वदेश फर्काउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई पठाएको सुचनाअनुसार विश्वका ३० मुलुकबाट नागरिक नेपाल फर्काउन लागिएको हो ।

अहिले स्वदेश फर्कन चाहने नागरिकहरूको संख्या थपिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न मुलुकका दुतावासहरूले नाम संकलन गरेर पठाउने क्रम जारी रहेको मन्त्रालय सुचना अधिकारी सुरेश अधिकारीले जानकारी दिए ।

गत साता नेपाल सरकारले १९४ नागरिकलाई संयुक्त अरब इमिरेट्स र म्यानमारबाट नेपाल फर्काएको थियो । युएईबाट १६८ जना र म्यारमारबाट २६ नेपालीलाई गत शुक्रवार नेपाल ल्याइएको थियो ।

त्यस्तै बिहीबार कुवेत सरकारको जजिरा उडान मार्फत २९९ सय जना नेपाली स्वदेश आइपुगेका छन् । उनीहरूमध्ये २९६ जना नागरिक सम्बन्धित प्रदेशमा पुगिसकेका छन् भने ३ जना महिला गर्भवती अवस्थामा रहेकाले काठमाडौंमै सेनाका प्रवक्ता पाण्डेले जानकारी दिए ।

यससँगै नेपाल फर्केका नागरिकलाई प्रदेश हुँदै स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टिनसम्म पठाइएको छ ।

भारतबाट आउनेलाई वेवास्ता गरिएको हो ?

कोभिड १९ को विश्वव्यापी असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७, मा स्थलमार्ग हुँदै भारतबाट आउन २० नाका तय गरिएको थियो ।

स्थलमार्ग मात्र नभई विभिन्न सवारी साधनमार्फत भारतबाट हजारौंको संख्यामा नेपालीहरू सीमा हुँदै प्रवेश गरेका छन् । तर उनीहरूमध्ये धेरैलाई कोरोना परीक्षण नै नगरी सिधै क्वारेन्टिनमा लगेर राखिएको छ ।

त्यससँगै विमानस्थलबाट भित्रिएका नेपालीहरूको धरै ख्याल गरेको र नाका हुँदै प्रवेश गर्नेलाई वेवास्ता गरेको भन्ने टिप्पणी भइरहेका छन् ।

यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवसमेत रहेका कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका प्रवक्ता नारायणप्रसाद विडारी भन्छन्, ‘विमानबाट आउनेहरू पनि होल्डिङ सेन्टरमा बसेर क्वारेन्टिनमा जाने हुन् त्यस्तै नाका हुँदै आएकाहरूका लागि पनि उही व्यवस्था रहेको छ ।’

‘क्वारेन्टिनमै १४ दिन बसेपछि कोरोना परीक्षण गरिने र नेगेटिभ रिपोर्ट देखिएमा घर पठाइने प्रावधान छ यो विमान र स्थलमार्ग हुँदै आउने सबैका लागि लागु भइरहेको छ’ उनले भने ।

‘अहिले नाका प्रवेश हुँदै आइरहेका स्वदेशी नागरिकहरूको नियन्त्रण गर्न नेपाली सेना विभिन्न ठाउँमा खटिइरहेका छन्’ उनले खबरहबसँग भने, ‘सेनाले सबै नागरिकलाई स्थानीय तहका पालिकाहरूसम्म पुर्याउने र त्यहाँ पालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा बस्नुपर्ने नियम छ । त्यहीअनुसार काम भइरहेकै छ ।’

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ९ : ४२ बजे

एसईई परीक्षा केन्द्रबाट पाँच सय बढी मोबाइल बरामद

रौतहट । एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको