ट्रक दुर्घटनामा चालकको मृत्यु | Khabarhub Khabarhub

ट्रक दुर्घटनामा चालकको मृत्यु


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृत्यु भएको हो । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको ना८ख ५२०० नंको ट्रक अनियन्त्रित भई खोल्सामा खसेको हो ।

इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित सो पुलबाट करिब ५० मिटर तल ट्रक खसेको थियो । ट्रकमा सिमेन्ट घोल्ने मिक्सचर जडान गरिएको छ । घटना बिहान साढे ६ बजेतिर भएको हो ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ९ : १२ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न