छाउनी अस्पतालमा कार्यरत सैनिक छातिमा गोली लागेको अवस्थामा मृत फेला | Khabarhub Khabarhub

छाउनी अस्पतालमा कार्यरत सैनिक छातिमा गोली लागेको अवस्थामा मृत फेला


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको ड्यूटिमा रहेका  एक सैनिक छातिमा गोली लागेको अवस्थामा मृत भेटिएका छन् ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार अस्पतालको जेनेरेटर रहेको पोष्टमा ड्यूटीमा खटिएका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् ।

बैतडीको सुर्मा गाउँपालिका – ५ का उनले आत्महत्या गरेको हुनसक्ने पाण्डेले जनाएका छन् ।

‘ड्यूटीमा खटिएका विष्टले मध्यराति आफैँले आफैँलाई गोली हानी आत्महत्या गरेको हुनसक्ने देखिन्छ, टिचिङमा पोष्टमार्टमको तयारी भएको छ, रिपोर्ट आएपछि विस्तृत खुल्छ,’ पाण्डेले खबरहबसँग भने ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ८ : ११ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न