कोरोना भाइरसले विश्वभर ७५ लाख ८३ हजारभन्दा बढी संक्रमित, ४ लाख २३ हजारको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसले विश्वभर ७५ लाख ८३ हजारभन्दा बढी संक्रमित, ४ लाख २३ हजारको मृत्यु


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २३ हजार ८२ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७५ लाख ८३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३६ हजार ३७७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७५ लाख ८३ हजार ५२१ पुगेको छ ।

३३ लाख २७ हजार २७३ जनाको उपचार भइरहेकोमा ५३ हजार ८७६ जनाको अवस्था गम्भीर छ । ३८ लाख ३३ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८१ हजार ४५८ जनाको मृत्यु भएको छ ।

२१ लाख ५६ हजार १४६ जना संक्रमित भएकोमा ११ लाख ३४ हजार ४९० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४१ हजार ३४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ८६ हजार १७४ पुगेको छ । त्यसमध्ये ९ लाख ९८ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३७ हजार ९०० जनाको मृत्यु भएको छ । १४ लाख ९९ हजार ३३६ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५७४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५६ हजार ३७३ जनाको मृत्यु भएको छ । १३ लाख १२ हजार ९८२ जना संक्रमित भएकोमा ६ लाख ७८ हजार २६९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ८६८ जनाको ज्यान गएको छ भने २ लाख १९ हजार २६६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ६६५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८९६ जना संक्रमित भएकोमा ८ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ६ : ०६ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,