वर्षा लेख्छिन् – कर्णाली ब्लुजले मीठो प्रभाव पार्‍यो | Khabarhub Khabarhub

वर्षा लेख्छिन् – कर्णाली ब्लुजले मीठो प्रभाव पार्‍यो


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटीले लकडाउनका बेलामा पुस्तक पढिरहेकी छिन् । उनले लामो समयदेखि पढ्न नपाएका पुस्तक यो लकडाउनका बेलामा पढेको बताउँछिन् ।

विदेशीदेखि नेपाली लेखकका पुस्तक पढेको बताउने वर्षाले हालै साहित्यकार बुद्धिसागरको उपन्यास ‘कर्णाली ब्लूज’ पढेको र उक्त पुस्तक मन परेको प्रतिक्रिया दिएकी छिन् ।

सामाजिक सञ्जाल फेसबूकमा वर्षा लेख्छिन् – जति पाना पल्टिँदै गए, त्यति लाग्यो कि पना कहिल्यै नसकिऊन् । हरेक पानाले बोलेका कथाले मनमा मीठो प्रभाव पारेका छन् ।

उनले यो उपन्यास हालै पढेर सकेको बताएकी छिन् । उनी भन्छिन्, ‘यो पुस्तकबारे अरु त के भनूँ, धेरैले त पढ्नु नै भएको होला ।’

लकडाउनका कारण वर्षा यतिबेला फुर्सदमा छिन् । उनले केही समयमअघि नारायण वाग्लेको ‘पल्पसा क्याफे’, खगेन्द्र लामिछानेको ‘फुलानी’ र मिचेल ओबामाको ‘बिकमिङ’ पढेको बताएकी थिइन् ।

वर्षाले अभिनय गरेको फिल्म ‘लक्का जवान’ गत चैत्रमा रिलिज हुने भनिएको थियो । लकडाउनका कारण अब उक्त फिल्म कहिले रिलिज हुने भन्ने टुङ्गो छैन ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : ५४ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस