नम्रता श्रेष्ठ: फापेन एक्सन | Khabarhub Khabarhub

नम्रता श्रेष्ठ: फापेन एक्सन


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नम्रता श्रेष्ठले लभर गर्लको भूमिका निभाएर कैयन् हिट फिल्म दिइन् । भुषण दाहालको निर्देशनमा तयार भएको फिल्म ‘सानो संसार’ बाट फिल्म उद्योगमा डेब्यु गरेकी नम्रताले लभ स्टोरीमा फिट हुने नायिकाको परिचय पनि बनाइन् ।

मेरो एउटा साथी छ, क्लासिक, नोभेम्बर रेनजस्ता हिट फिल्म दिएकी नम्रता एकाएक एक्सन फिल्ममा देखिइन् । प्रायः फिल्ममा प्रेमिकाका रुपमा देखिएकी नम्रता यस वर्ष एक्सन नायिकाका रुपमा देखिइन् ।

उनको अभिनय रहेको फिल्म ‘जाइरा’ को अघिल्लो वर्षदेखि नै चर्चा थियो । यही फिल्मका लागि भनेर नम्रताले कपाल छोटो बनाएकी थिइन् । जसकारण उनले ‘प्रसाद’ फिल्ममा अभिनय गर्दा नक्कली कपाल हाल्नुपर्ने अवस्था आयो ।

रिलिज भएपछि भने नम्रताको ‘जाइरा’ लाई दर्शकले पत्याएनन् । फिल्मले राम्रो हाइप बनाउन पनि सकेन । नम्रताले पनि यो फिल्मका लागि कडा मेहनत गरेकी थिइन् । उनको काम फिल्ममा देखिएन । दर्शकले उनको एक्सनलाई पत्याएनन् ।

नम्रता एक्सन अवतारमा प्रस्तुत भएको फिल्म ‘जाइरा’ को रिलिजअघि चर्चा भए पनि रिलिजपछि भने खासै चर्चा भएन । बरु उनी आफ्नो व्यवसाय र ब्यायफ्रेण्डसँगको सम्बन्धका कारण चर्चामा रहिन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ८ : ३० बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित