कोरोना संक्रमितको उपचारका लागि तयार भयो सशस्त्र प्रहरी अस्पताल | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारका लागि तयार भयो सशस्त्र प्रहरी अस्पताल


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना भाइरसको संक्रमितहरुको उपचारका लागि तयार भएको छ ।

सरकारले गरेको निर्णयानुसार सशस्त्र प्रहरी अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि तयार गरिएको हो ।

आइतबार कोरोना संक्रमण रोकथामका लागि गठित उच्चस्तरीय समितिका संयोजक एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको स्थगलगत निरीक्षण समेत गरेका छन् ।

अस्पतालको निरीक्षणका क्रममा कोरोना विशेष अस्पतालका रुपमा तयार पारिएको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था हेर्दा खुसी लागेको मन्त्रीहरुले प्रतिक्रिया दिएका छन् ।

गृहमन्त्री बादलले कोरोना विशेष अस्पतालको भौतिक पूर्वाधार लगायत आवश्यक व्यवस्था तयार भइसकेको जानकारी प्राप्त भएको बताएका छन् ।

‘आज (आइतबार) बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल, जुन अहिले कोरोना विशेष अस्पतालको रुपमा विकास गरिएको छ, त्यहाँ पुगेर यसको अवस्थाबारे जानकारी लियौं,’ गृहमन्त्री थापाले आफ्नो फेसबूकमा लेखेका छन्, ‘छाटो समयमै यसका लागि आवश्यक भौतिक पूर्वाधार लगायतका व्यवस्था तयार भइसकेको जानकारी पाउँदा खुसी लागेको छ ।’

निरीक्षणका क्रममा आफूहरुले अस्पतालका लागि आवश्यक सबै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिएको पनि गृहमन्त्री थापाले उल्लेख गरेका छन् ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि सशस्त्र प्रहरी अस्पतालसहित छाउनीस्थित सैनिक अस्पतालमा पनि व्यवस्थापन गरेको छ ।

दुवै अस्पतालमा गरी १ सयभन्दा बढी आइसोलेटेड बेड र १० वटाको हाराहारीमा सघन उपचार कक्ष बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ५ : ४१ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट