युट्युबमा उपलब्ध १० नेपाली फिल्म, तपाईंलाई मन पर्न सक्छ | Khabarhub Khabarhub

युट्युबमा उपलब्ध १० नेपाली फिल्म, तपाईंलाई मन पर्न सक्छ


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला नेपाललगायत विश्वका कैयन् देशमा लकडाउन छ । लकडाउन नभएका कतिपय देशमा रहेका नेपाली कोरोना भाइरस संक्रमणको डरल घरबाट बाहिर निस्केका छैनन् ।

नेपालमा युट्युबमा उपलब्ध फिल्म सबैले सहजै हेर्न पाइने भएकाले पनि धेरैले युट्युबमा फिल्म हेर्ने गरेको पाइन्छ । फिल्म हेर्ने मुडमा हुनुहुन्छ भने तपाईंले यी फिल्म हेर्न सक्नुहुन्छ:

लूट

निश्चल बस्नेतको डेब्यु निर्देशन रहेको फिल्म ‘लूट’ युट्युबमा उपलब्ध छ । केही युवाले बैंक लुट्न बनाएको योजनालाई नाटकीय ढंगले प्रस्तुत गरिएको यो फिल्ममा सौगात मल्लको केन्द्रीय भूमिका छ । उनलाई यो फिल्मले ‘हाकु काले’का नामले चिनायो ।

तत्कालीन समयमा बनिरहेका फिल्मभन्दा फरक शैलीमा फिल्म निर्माण भएका कारण पनि दर्शकले फिल्म रुचाइदिए । सन् २०१२ मा प्रदर्शनमा आएको यो फिल्मले समीक्षकको पनि तारिफ पाएको थियो ।

पशुपतिप्रसाद

खगेन्द्र लामिछानेको शीर्ष भूमिका रहेको फिल्म ‘पशुपतिप्रसाद’ सन् २०१६ मा हलमा प्रदर्शन भएको थियो । यो फिल्मले बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो । समीक्षात्मक हिसाबले पनि राम्रो तारिफ कमाएको यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

फिल्ममा खगेन्द्र लामिछानेको कथा छ भने प्रकाश घिमिरे र वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका छ ।

साँघुरो

वि.सं. २०७० मा प्रदर्शनमा आएको फिल्म ‘साँघुरो’ मा सुकुम्बासी बस्तीमा एक साँघुरो कोठामा बस्ने परिवारको कथा देखाइएको छ ।

बुलबुल निर्देशक विनोद पौडेलले लेखेको यो फिल्मलाई जोयस पाण्डेले निर्देशन गरेका हुन् ।

फिल्ममा सुशांक मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई, विजय बराल लगायतका कलाकारको अभिनय छ । पत्रिका बाँडेर गुजारा चलाउने एक युवकको पारिवारिक कथा फिल्ममा देखाइएको छ ।

झोला

कृष्ण धरावासीको कथामा आधारित रहेर तयार पारिएको फिल्म ‘झोला’ मा सति प्रथाको कथा समेटिएको छ । फिल्मलाई यादव कुमार भट्टराईले निर्देशन गरेका छ्न् ।

गरिमा पन्त, देशभक्त कटुवाल, सुजल नेपाल, लक्ष्मी गिरी लगायतको अभिनय रहेको यो फिल्ममा सती प्रथाको कथालाई सुन्दर ढंकले प्रस्तुत गरिएको छ ।

टलकजंग भर्सेस टुल्के

सन् २०१४ मा प्रदर्शनमा आएको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ मा माओवादी जनयुद्धकालीन समय देखाइएको छ । यो फिल्म विश्वप्रसिद्ध चिनियाँ लेखक ल सुनको ‘आह क्यूको साँचो कथा’ मा आधारित छ । फिल्म निर्माण हुनुअघि यो कथा नाटकका रुपमा मञ्चन गरिएको थियो ।

फिल्मका लेखक निश्चल बस्नेत हुन् । खगेन्द्र लामिछानेले स्किृप्ट लेखेको यो फिल्ममा दयाहाङ राई, ऋचा शर्मा, रविन्द्र सिंह बानियाँ लगायतका कलाकारको अभिनय छ ।

बधशाला

फिल्म ‘बधशाला’ मा जनयुद्धकालीन कथालाई प्रस्तुत गरिएको छ । जनयुद्धका बेला नेपाली सेनाले माओवादीका नाममा कसरी दुःख दिएको थियो भन्ने देखाइएको छ ।

यो फिल्म जीतमान बस्नेतको अँध्यारा २५६ दिनहरु नामक पुस्तकमा आधारित छ ।

फिल्ममा सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, सौगात मल्ल, अनुप बराल, अर्पण थापा लगायतले अभिनय गरेका छन् । फिल्मलाई मनोज पण्डितले निर्देशन गरेका हुन् ।

कागबेनी

सौगात मल्ल, निमा रुम्बा, दिया मास्केको शीर्ष भूमिका रहेको यो फिल्म सन् १९०२ को हरर कथा ‘द मंकिज प’ मा आधारित छ ।
भुषण दाहालले निर्देशन गरेको यो फिल्मको कथा प्रशान्त रसाइलीले लेखेका हुन् ।

सन् २००८ को यो फिल्मलाई पहिलो डिजिटल फिल्म पनि मानिन्छ ।

सानो संसार

आलोक नेम्बाङले निर्देशन गरेको फिल्म ‘सानो संसार’ मा इन्टरनेटबाट प्रेममा परेका एक जोडीको कथा देखाइएको छ । कर्मा र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको यो फिल्मको मेकिङको अहिले पनि चर्चा हुने गर्छ ।

मेरो एउटा साथी छ

आर्यन सिग्देल र नम्रता श्रेष्ठको अभिनय रहेको फिल्म ‘मेरो एउटा साथी छ’ कोरियन फिल्म ‘अ मिलिनियर फस्ट लभ’ मा आधारित छ । लभस्टोरी मन पराउनेका लागि यो फिल्म रोजाइ बन्न सक्छ ।

उमा

माओवादी युद्धकालीन कथा समेटिएको फिल्म ‘उमा’ मा एकै परिवारका सदस्य जनयुद्धको पक्ष र विपक्षमा लागेको कथा देखाइएको छ । फिल्ममा ऋचा शर्माले उमाको भूमिका निभाएकी छिन् भने सौगात मल्ल दाइको भूमिकामा छन् ।

फिल्ममा दयाहाङ राई, पुष्कर गुरुङ, अशोक शर्मा, मिथिला शर्मा, प्रविण खतिवडा, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

लकडाउनको समयमा युट्युबमा हेर्नुहोस् ७ उत्कृष्ट कमेडी सिनेमा

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ५ : २३ बजे

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र