अस्पतालको आइसोलेसन वार्डबाट भागेका २ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

अस्पतालको आइसोलेसन वार्डबाट भागेका २ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमगरढी– डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डबाट भागेका २ जनाको कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा २ जनाको रिपोर्ट नगेटिभ आएको बताए ।

ज्वरो र रुघाखोकी लक्षण देखिएपछि कोरोना भाइरस संक्रमणको आशंकामा भागेश्वर गाउँपालिका–३ नानीडाँडाकी ४० वर्षीया महिला र उनका १९ वर्षीया छोरा चैत २६ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए ।

अस्पतालले भर्ना भएकै दिन उनीहरुको थ्रोट स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो ।

उनीहरु भने परीक्षणको नतिजा नआउँदै शनिबार अपराह्न अस्पतालबाटै भागेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  २ : २७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन