कोरोना भाइरस : स्पेनमा एकैदिन ५२५ जनाको मृत्य | Khabarhub Khabarhub

कोरोना भाइरस : स्पेनमा एकैदिन ५२५ जनाको मृत्य


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ६०६ पुगेको छ ।

स्पेनमा एकैदिन ४ हजार ७५० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६३ हजार २७ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ५९ हजार १०९ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८७ हजार ३१२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ८ हजार ७४२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १७ लाख ७७ हजार ९ सय भन्दा बढी रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ५ : ४४ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्