कोरोना संक्रमितका लागि भरतपुर अस्पतालमा १९ शैयाका छुट्टै कक्ष | Khabarhub Khabarhub

कोरोना संक्रमितका लागि भरतपुर अस्पतालमा १९ शैयाका छुट्टै कक्ष


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा कोरोना भाइरसका बिरामीलाई उपचारका लागि राख्न भरतपुर अस्पतालमा आइसोलेशन वार्ड (छुट्टै कक्ष) विस्तार गरी १९ पुर्‍याएको छ ।

अस्पतालमा विहिबार बसेको कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पाँच शैया रहेको आइसोलेशन वार्डलाई १९ शैयाको बनाउने निर्णयसँगै कार्यान्वयनमा ल्याएको हो ।

अस्पतालमा आएका शङ्कास्पद बिरामीलाई सेवा दिन शैया थप गरिएको बताइएको छ । अस्पतालमा रहेको कोरोना आउट ब्रेक म्यानेजमेन्ट टिमलाई विस्तार गरी १३ सदस्यीय बनाइएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीका अनुसार लक्षण देखिएका बिरामीलाई छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

पछिल्लो १० दिनदेखि रुघाखोकी तथा ज्वरो आएको तथा कोरोना जोखिमयुक्त देशमा भ्रमण गरेर फर्किएको दुई हप्ता भएका व्यक्तिलाई अस्पतालले सेवा लिन सक्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ८ : ०९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०