विज्ञ भन्छन्: एक महिना विमानस्थल बन्द नगरे नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च | Khabarhub Khabarhub

विज्ञ भन्छन्: एक महिना विमानस्थल बन्द नगरे नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोनाको संक्रमणलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको अति उच्च जोखिममा राखेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार नेपालमा कोरोना संक्रमणको आशंकामा हालसम्म ४ सय ४६ जनामा कोरोनाको परीक्षण समेत गरिएको छ ।

नेपालमा हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको र कोरोना संक्रमण देखिएका ती बिरामीलाई निको भइसकेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

सरकारले कोरोना भाइरसको संक्रमण नेपालमा भित्रिन नदिन भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्रिनिङको व्यवस्था गरेको छ ।
यस्तै चीन र भारतसँग सीमा जोडिएका ४१ वटा स्थलगत नाकाहरुमा समेत हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना भाइरस भित्रिने जोखिम रहेको भन्दै कोरोना प्रभावित ८ देशहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, फ्रान्स, जापान, जर्मनी र स्पेटबाट नेपाल आउने यात्रुहरुलाई अन अराइभल भिसा समेत बन्द गरेको छ ।

यस्तै कोरोना प्रभावित क्षेत्रबाट हवाइ मार्ग हुँदै नेपाल आउने यात्रुले अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइनको फारम भर्नुपर्ने व्यवस्था समेत गरेको जनाएको छ ।

सरकारले सम्भावित कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौंका ६ वटा हब अस्पतालमा पूर्व तयारी गरिएको जनाएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तयारी गरिरहेको बताएपनि कतिपय चिकित्सकहरुले भने सरकारको तयारी फितलो भएको बताएका छन् ।

जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले कोरोनाको संक्रमण प्रति सरकार अझै गम्भिर नभएको बताए ।

‘नेपाल सरकार, स्वास्थ्य मन्त्री कोरोनाको विषयमा गम्भिर भएकै छैनन्, काठमाडौंमा १० हजार व्यक्ति बिरामी परे भने उनीहरुलाई उपचार गराउने ठाउँ नै छैन,’ डा पाण्डेले भने, ‘स्वास्थ्यमन्त्रीले सरकारले सक्दैन । आफै क्वारेन्टाइनमा बस्नु भन्नुभयो, तर विदेशमा जस्तो सरकारले आफ्नै घरमा क्वारेन्टाइनमा बसेकालाई अत्यावश्यक कुरा घरमै लगिदिनुपर्छ ।’

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक महिना बन्द नगरे नेपालमा जुनसुकै समयमा कोरोना भाइरस फैलिन सक्ने पाण्डेले बताए ।

‘आजदेखि भारतले अन्तर्राष्ट्रिय आवागमन बन्द गर्‍यो, अमेरिकाले पनि बन्द गरिसकेको छ, भुटानले दुईसाताको लागि कसैलाई पनि भिसा दिएको छैन,’ डा पाण्डेले खबरहबसँग भने, ‘नेपाल सरकार पटक्कै गम्भिर भएको छैन, सरकारले कोरोनाको संक्रमण भएका देशको सबै फ्लाइट एक महिनाका लागि बन्द गर्नुपर्छ । सरकारले अत्यावश्यक बाहेकका अन्तराष्ट्रिय उडान एक महिनाका लागि बन्द नै गर्नुपर्छ, यदी बन्द गरिएन भने नेपालमा जुनसुकै बेला कोरोना आउछ र फैलिन्छ । नत्र पछि सरकार पछुताउनुपर्छ ।’

डा पाण्डेले त्रिभुवन विमानस्थल र सिमा नाकामा भएको हेल्थ डेस्क प्रभावकारी नभएको बताए ।

‘विश्व स्वास्थ्य संगठनले महामारी घोषण गरीसकेको छ, त्यसैले हेल्थ डेस्कमा आर्मी अस्पताललाई जिम्मा दिनुपर्छ, यसअघि जस्तो बिरामी बस्न मानेन भनेर छाड्नु हुँदैन,’ डा पाण्डेले भने, ‘आशंका गरीएको व्यक्तिलाई क्वारेन्टाइनमा पठाउने वा आइसोलेसनमा भनेर व्यक्तिको इच्छामा होइन, हेल्थ डेस्कमा खटिएको डाक्टरले डिसिजन गर्नुपर्छ, ।’

उनले टेकु अस्पतालबाट यसअघि पनि कोरोना आशंका गरीएका बिरामीहरु भाग्ने गरेको भन्दै अस्पतालहरुमा सुरक्षा व्यवस्था गरीनुपर्ने बताएका छन् ।

चीनको कोरोना प्रभावित क्षेत्रबाट सरकारको पहलमा स्वदेश फर्किएका डा रमेश आचार्यले कोरोना भाइरसको संक्रमणबारे सरकारले गरेको तयारी फितलो भएको बताए ।

सबै नेपालीको ज्वरोको अवस्थाबारे डिजिटल एपमार्फत रेकर्ड राख्नुपर्ने आचार्यले बताए ।

‘चाइनाले कोरोना प्रभावित क्षेत्रमा रहेका सबैको टेम्पेचरको रेकर्ड गर्ने व्यवस्था गरेको थियो । सबैले बिहान र बेलुका आफ्नो टेम्पेचर रेकर्ड चाइना सरकारले बनाएको एपमा पठाउनुपर्ने हुन्थ्यो, यदी कुनैमा हाइ टेम्पेचर देखियो भने चीन सरकारले नै त्यो व्यक्तिको घरसम्म पुगेर उसलाई उपचारको लागि अस्पताल गल्ने गथ्र्यो,’ डा आचार्यले भने, ‘सबै नेपालीले आफुसँग नै ज्वरो नाप्ने थर्मोमिटर किन्न जरुरी छ र सरकारले सबैको ज्वरोको अवस्था हेरेर बढी भएको अवस्थामा उनीहरुलाई घरमै पुगेर अस्पताल ल्याउने व्यवस्था सरकारले गर्नुपर्छ ।’

उनले हरेक सार्वजनिक क्षेत्रमा ज्वरो नाप्ने व्यवस्था हुनुपर्ने बताए ।

‘सरकारले विमानस्थलमा मात्रै ज्वरो नाम्ने र छाडिदिने काम गरीरहेको छ, अब सरकारले मानिसहरुको भीड हुने मन्दिर, मस्जित, सपिङ महल, बसपार्कहरुमा पनि फिबर क्लिनिक हुनुपर्छ,’ डा आचार्यले भने, ‘यदी सरकारले सार्वजनिक स्थानमा पनि ज्वरो नाप्ने व्यवस्था गर्नुपर्छ ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  २ : ४२ बजे

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।