इरान विरुद्ध सैनिक कारबाही रोक्न अमेरिकी संसदको प्रस्ताव | Khabarhub Khabarhub

इरान विरुद्ध सैनिक कारबाही रोक्न अमेरिकी संसदको प्रस्ताव


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार इरान विरुद्ध सैनिक प्रयोग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्ने एक प्रस्तावलाई पारित गरेको छ ।

उक्त प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गर्न सक्ने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् ।

संसदमा भएको मतदानमा राष्ट्रपतिको अधिकार कटौती सम्बन्धी प्रस्तावको पक्षमा २२७ र विपक्षमा १८६ मत परेको थियो । डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदनमा सांसदहरुले पार्टी लाइन अनुसार नै मतदान गरेका थिए ।

तल्लो सदनले पारित गरेको उक्त प्रस्तावमा कङ्ग्रेस (संसद) को स्वीकृति बेगर इरान विरुद्ध अमेरिकी फौज परिचालन गर्न नपाइने उल्लेख छ ।

यस्तै प्रस्ताव रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटले गत महिना पारित गरेको थियो ।

जानकारहरुका अनुसार राष्ट्रपतिले संसदबाट पारित प्रस्ताव विरुद्ध विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने र राष्ट्रपतिको विशेषाधिकारलाई नकार्न संसदमा डेमोक्रेटिक पार्टीको पर्याप्त मत छैन ।

इरानी सैनिक कमान्डर कासिम सुलेमानी इराकको बग्दादमा अमेरिकी कारबाहीमा मारिएपछि इरान र अमेरिकाबीचको तनाब शिखरमा पुगेको छ ।

उक्त घटना भएको दुई महिनापछि नै अमेरिकी संसदमा इरान विरुद्ध सैनिक कारबाही गर्नुअघि संसदको अनुमोदन लिनुपर्ने गरी प्रस्ताव पारित गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  २ : १५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६