कोरोना भाइरसको संक्रमण रोक्न संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न सांसदहरुको माग | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न सांसदहरुको माग


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभा बैठकमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलनु भन्दा पहिलै सावधानी अपनाउन संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न माग गरेका छन् ।

विहीवार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाको संक्रमण फैलनु भन्दा पूर्व नै सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।

कोरोनाको संक्रमण फैलिएमा नेपालले थेग्न सक्ने अवस्था नरहेकाले पहिले नै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

‘संसद अहिले पनि निरन्तर चलाइरहेको छ । जहाँ भीडभाड हुन्छ त्यहाँ संक्रमण हुने खतरा हुन्छ । स्कूलहरु बन्द गर्नुर्पयो’ उनले भने,‘फैलिहाल्यो भने हामीसँग केही पूर्वाधार छैन यसलाई रोक्न, अमेरिका युरोपले त उडानहरु, यातायात रोकेका छन् हामीले चलाइरहेका छौं ।’

कोरोनाको संक्रमण फैलियो भने नेपालले नियन्त्रणमा लिन नसक्ने र धेरै मानिसहरुको ज्यान जाने हुँदा पूर्व सावधानी अपनाउनु पर्ने उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना प्रकोप विश्वव्यापी भएको भनेको कुरा उल्लेख गर्दै उनले अमेरिका, युरोप र अन्य धनी मुलुकले कोरोना प्रकोप रोक्न नसकेको भन्दै सरकारले पहिल्यै सावधानी आउनुपर्ने बताए ।

समाजवादी पार्टीकी सांसद रेणुकुमारी यादवले कोरोना संक्रमण फैलिए सरसफाइको व्यवस्था नरहेको संसद्मै जोखिम हुने बताइन् । उनले पूर्व तयारी गर्नुपर्नेमा नेपालमा भाषण मात्र भइरहेको बताइन् ।

’अरु देश पूर्वतयारीमा लागेका छन्। हाम्रो देशमा भने भाषण र विज्ञापन मात्रै भइरहेका छन्,’ उनले भनिन्।

सांसद रामबहादुर विष्टले कोरोनाको त्रास फैलिएसँगै बजारमा मास्क, स्यानेटाइजर लगायतका सामग्रीमा कालोबजारी र मूल्यवृद्धि भएको भन्दै सरकार गम्भीर बन्नु पर्ने बताए ।

संक्रमण देखिए आफैं क्वारेन्टाइनमा बस्नुपर्ने भनेर स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दिएको अभिव्यक्तिले जनता अझ त्रसित भएकाले सरकारले जवाफ दिनुपर्ने कांग्रेस सचेतक पुष्पा भुषालले बताइन् ।

‘अमेरिकाले युरोपमा लण्डनबाहेकका फ्लाइटलाई रद्द गरिसकेको अवस्था छ, भारतले पनि आजसम्म बाहिर रहेका भारतीयहरु आउन पाउने भोलिदेखि आए क्वारेन्टाइन १४ दिन बस्नुपर्छ भनेर निर्णय गरिसकेको अवस्था छ सभामुख महोदय,’ उनले भनिन् ‘नेपालमा जनता कोरोनाभाइरसको त्रासबाट आक्रान्त छन् तर स्वास्थ्यमन्त्रीले सरकार अहिले तयारीमा छैन आफैं आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ क्वारेन्टाइनमा आफैं बस्नुपर्छ भन्ने सन्देश बाहिर प्रवाह गरेर जनतालाई अझै बढि त्रसित गरेको हामिले अनुभुत गरेका छौं । सरकारले किन यस्तो अभिव्यक्ति दियो त्यसका जवाफ चाहान्छौ ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १२ : ३५ बजे

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न