राप्रपाका ३ अध्यक्षको पदबहाली आज | Khabarhub Khabarhub

राप्रपाका ३ अध्यक्षको पदबहाली आज


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन अध्यक्षको पद बहाली आज (बिहीबार) हुने भएको छ ।

दिउँसो १ बजे औपचारिक कार्यक्रमको आयोजना गरी अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा, डा प्रकाशचन्द्र लोहनीले पद बहाली गर्ने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

अब राप्रपाको कार्यालय चावहिलस्थित चारुमति बिहानमा हुनेछ । एकता प्रक्रियाका सम्पूर्ण काम धुम्बाराहीस्थित राप्रपा कार्यालयमा सम्पन्न गरेका राप्रपाका नेताहरुले अबको कार्यालय चारुमति बिहानमा सार्ने भएका छन् । यो तत्कालीन राप्रपा संयुक्तको कार्यालय हो ।

बुधबार पार्टी एकता घोषणा गर्दै दुई राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म, साक्षेप हिन्दूराष्ट्र र साझा संस्थाको रूपमा राजसंस्था सहितको प्रजातन्त्र उल्लेख गरिएको आधारपत्र आदानप्रदान गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ९ : ४० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन