काठमाडौंका खाल्डाखुल्डी पुर्न ५५ करोड निकासा, १० हजार खाल्डा पुरिए | Khabarhub Khabarhub

काठमाडौंका खाल्डाखुल्डी पुर्न ५५ करोड निकासा, १० हजार खाल्डा पुरिए


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले निर्देशन दिएपछि मात्र सडकका खाल्डाखुल्डी पुरिने हुन् त ? अहिले यो विषय उपत्यकाबासीका लागि प्रश्न बनेको छ ।

सडकदेखि सदनसम्म उपत्यकाका खाल्डाखुल्डी र धुँवा–धुलोका विषयमा पटक–पटक प्रश्न उठिरहन्छन् । सडकलाई मर्मत सम्भार गर्नका लागि निर्देशन पनि दिइन्छ ।

त्यसैगरि गत मंसिरमा मन्त्रिमण्डल हेरफेर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङलाई निर्देशन दिएका थिए– ‘३ महिनाभित्र काठमाडौं उपत्यकाभित्रका खाल्डाखुल्डी पुर्न ।’

प्रधानमन्त्रीको निर्देशनपछि सडक विभागले रातदिन लगाएर काम गरिरहेको छ । विभाग र विभाग अन्तर्गतको सडक विभिजन कार्यालयले तीव्र गतिमा काम गरिरहेको छन् ।

अहिले केही मात्रामा सडकको स्वरुपमा परिवर्तन देखिएको छ । केही मात्रामा खाल्डा पुरिएका पनि छन् सडक मर्मत तथा कालोपत्रे पनि भएको देखिन्छ ।

केही स्थानमा सुधार देखिए पनि गौशाला–चावहिल सडकखण्डमा भने सुधार हुन सकेको छैन । राजधानीको केन्द्रका रुपमा रहेको यो सडकमा अहिले कालोपत्रे उक्किसकेको छ ।

गौशाला–चावहिलको सडक बन्न डेढ महिना लाग्ने

विगत ३ वर्षदेखि गौशाला चावहिल सडकखण्ड मर्मत हुन नसकेको कारण अहिले सडकमा सवारी नै दुर्घटना हुने खाल्डाहरु देखिन थालेका छन् ।

सडकमुनि रहेको खानेपानीको पाइप फुटेर आधा सडक हिलाम्मे भइरहेको अवस्था छ । बिहान र बेलुका हिलाम्मे यो सडक दिउँसो घाम लाग्दा धुँलोले यात्रा गर्नै मुस्किल बनाउँछ ।

डिभिजन कार्यालयले ‘कमाइन्ड मोडेल’ मा काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सहकार्य गरेर एउटै ठेक्कामार्फत काम अघि बढाइएको सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले जानकारी दिए ।

‘मन्त्री स्तरीय निर्णयबाट एउटै ठेक्का र ठेकेदारबाट पाइप र सडक बनाउँदै छौं’ उनले भने, ‘त्यसो भएपछि पानीको पाइप फुट्ने समस्याको अन्त्य हुनुकासाथ सडक मर्मत तथा कालोपत्रेको काम शुरु हुनेछ ।’

अबको डेढ महिनामा गौशाला–चावहिल सडक क्लियर भइसक्ने डिभिजन कार्यालयका प्रमुख नेपाली जानकारी दिए ।
गौशाला–चावहिल–चुच्चेपाटी सडकमा खानेपानीको पाइपलाइन विस्तार गरी कालोपत्रे गर्न ठेक्का लागिसकेको छ ।

उनकाअनुसार डिभिजन कार्यालय काठमाडौंले गौशालादेखि चावहिल चोक, चुच्चेपाटीसम्म २ दशमलव ५ किलोमिटरखण्डमा पाइपलाइन विस्तार र कालोपत्रेको लागि ठेक्का लगाइसकेको छ ।

१० हजार खाल्डा पुरिए, एप्स मार्फत पनि गुनासा

प्रधानमन्त्रीको निर्देशनअनुसार काम भइरहेको डिभिजन कार्यालयले जनाएको छ ।

३ महिना अर्थात् गत माघसम्मको अवधीमा ९ हजार ५ सयको हाराहारीमा खाल्डाखुल्डी पुरिएको बताइएको थियो ।

अहिले उपत्यकाका करिब १० हजार खाल्डाखुल्डीलाई समथर बनाइसकेको डिभिजन कार्यालयका प्रमुख नेपालीले खबरहबलाई जानकारी दिए ।

‘३ महिनाको अवधीमा साढे नौ हजार वटा खाल्डाखुल्डी पुरिएको थियो’ उनले भने, ‘अहिले लगभग १० हजार खाल्डाखुल्डीलाई समथर बनाइसकेका छौं ।’

डिभिजन कार्यालयले अनुगमन गरेर मात्र होइन, मानिसहरुले आफुले देखेका खाल्डाहरु पुर्न सुझाव पनि दिने गरेका छन् । ‘हाम्रो सडक’ एप्समार्फत पनि उपत्यकामा हुने गरेका खाल्डाहरु पुर्न सुचना आइरहने नेपालीले बताए ।

उनकाअनुसार सडकका बीचमा रहेका खाल्डाखुल्डी अहिले समथर बनिरहेका छन् भने सडक सौन्दर्यीकरणका लागि विभिन्न कामहरु भइरहेको छ ।

तस्वीर केशव शर्माको फेसबुकबाट साभार

यस्तो बन्दैछ उपत्यकाको सडक !

खाल्डाखुल्डी भनेको एउटा संकेत मात्र दिइएको बताउँछन् नेपाली । भन्छन्, ‘सडकको स्तर राम्रो छैन भन्न खोजिएको हो नि त ।’

त्यसकारण अहिले सडक डिभिजन कार्यालयले सडकको खाल्डाखुल्डी मात्र पुरिरहेको छैन । सडकको दायाँबायाँ सौन्दर्यीकरणको काम गर्ने, जेब्रा क्रसिङ बनाउने, थर्मो प्लाष्टिक रोड बनाउने, बिग्रिएका सडकको मर्मत र कालोपत्रे गर्ने काम समेत गरिरहेको छ ।

३७ किलोमिटर सडकमा थर्मोप्लाष्टिक रोड पेन्टिङ गरिएको छ । हालसम्म रोड फर्निचर (सौन्दर्यीकरण) को काम ३ किलोमिटर सम्पन्न भएको छ ।

नयाँबानेश्वर–पुरानोबानेश्वर, प्रदर्शनीमार्ग लगायतका क्षेत्रमा सौन्दर्यीकरणको काम भइरहेको उनले बताए ।

हालसम्म १७ किलोमिटर कालोपत्रे सम्पन्न गरेको कार्यलयले आगामी चैत्र मसान्तसम्म ४१ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ ।

अहिलेसम्म इन्द्रयाणी–डल्खु, नारायण गोपालचोक–बालाजु, टेुक–कुलेश्वर–कलंकी–स्वयम्भू, बालुवाटार–नक्साल–चारखाल–डिल्लीबजार, सामाखुसी–स्रोहखुट्टे लगायतका सडकमा खाल्डा पुर्ने र कालोपत्रेको काम सम्पन्न भइसेकेको उनले बताए ।

५५ करोड निकासामा अहिलेसम्म ३० करोड खर्च

डिभिजन कार्यालयले काठमाडौं उपत्यकाको ४ सय ३३ किलोमिटर सडक हेर्छ । यी सडकहरु बिग्रिए भत्किए तत्काल मर्मत गर्ने जिम्मा डिभिजन कार्यालयको हो ।

चालु आर्थिक वर्षका लागि ८७ करोड ५० लाख बजेट बिनियोजित भएको थियो । जसमध्ये ५५ करोड निकासा भएको नेपालीले बताए ।

‘५५ करोड रुपैयाँ निकासा भएको थियो’ उनले भने, ‘जसमध्ये हालसम्म ३० करोड बजेट खर्च भइसक्यो ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १० : ०८ बजे

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर