ललिता निवास जग्गा प्रकरण : अख्तियारले कारबाही गर्न नमिल्ने भन्दै न्यायाधीशद्वारा सर्वोच्चमा रिट | Khabarhub Khabarhub

ललिता निवास जग्गा प्रकरण : अख्तियारले कारबाही गर्न नमिल्ने भन्दै न्यायाधीशद्वारा सर्वोच्चमा रिट


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि चितवन जिल्ला न्यायाधीश विनोद कुरमा गौतमले आफूलाई कारबाही नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

पूर्व उपसचिव गौतमले आफू न्यायाधीश भइसकेकाले भ्रष्टाचार मुद्दा दायर गर्नु गतल भएको दाबी रिटमा गरेका छन् ।

अख्तियार दुरुपयोग आयोग, प्रमुख आयुक्त, अन्य आयुक्त र विशेष अदालतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा उनले न्यायाधीश निलम्बल गर्ने अधिकार अख्तियारलाई नभएको भन्दै न्यायाधीशको रुपमा काम यथावत रही काम गर्न दिनू भनि अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।

न्यायाधीश गौतमले आफूमाथि मुद्दा चलाउने अख्तियारको गत माघ २२ गतेको निर्णय र आफूलाई निलम्बित गर्ने माघ २३ गतेको पत्र पूर्वाग्रही भएको भन्दै न्यायाधीशको रुपमा काम गर्न दिन र आफूमाथिको कारबाही यथास्थितिमा राख्न अन्तिरम आदेश माग गरेका हुन् ।

भ्रष्टाचारजन्य कार्य गरेको भए न्यायाधीशलाई न्यायपरिषद् बाहेक अन्य निकाय वा पदाधिकारीले कारबाही गर्ने कुनै गुन्जायस नरहने भएकाले अख्तियारले विशेष अदालतमा हालेको आरोपपत्र गैरकानुनी भएको उनको रिटमा गरिएको छ ।

अख्तियारले न्यायपरिषदमा लेखी पठाउनसम्म सक्ने, आफैंले अभियोजन गर्ने कार्यबाट गलत भएको दाबी रिटमा छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : २४ बजे

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो