नेदरल्याण्ड्सको दुई वटा शहरमा विष्फोट | Khabarhub Khabarhub

नेदरल्याण्ड्सको दुई वटा शहरमा विष्फोट


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेग– नेदरल्याण्ड्सका दुई शहरमा बम विष्फोट भएका छन् ।

स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेको आसपास डच शहर आम्सटर्डामा रहेको एक कम्पनीको चिठिपत्र कक्षमा विष्फोट भएको डच सञ्चारमाध्यमले जनाएका छन् । आम्सटर्डामको स्लोटेर्डिक क्षेत्रमा भएको विष्फोटबाट सामान्य भौतिक क्षति भएपनि कुनै मानवीय क्षति भने नभएको डच अधिकारीले जनाएका छन् ।

आम्सटर्डाममा विष्फोट भएको आधा घण्टापछि नेदरल्याण्ड्सको दक्षिणी शहर केर्काडामा अर्को विष्फोट भएको थियो । केर्काडामा एउटा हुलाक कम्पनीमा विष्फोट भएको समाचार छ । यो विष्फोटमा पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

यी दुई विष्फोटमा लेटरबम अर्थात् चिठीमा राखिएको बम विष्फोट भएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि यी दुई विष्फोट आपसमा सम्बन्धित रहे नरहेको बारे भने अनुसन्धान भइरहेको जनाइएको छ ।

यसअघि डिसेम्बर र जनवरी महिनामा पनि नेदरल्याण्ड्समा यस्ता लेटरबमको आतंक मच्चिएको थियो । त्यसबेला डच शहरहरु आम्सटर्डाम, रोटर्डाम, अटराइख्ट र मास्ट्रिख्टका ७ कम्पनीलाई धम्की पत्रसहित यस्ता बम पठाइएको थियो । तर, तीमध्ये कुनै पनि बम विष्फोट भएका थिएनन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ४ : २० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०