‘प्रधानमन्त्रीज्यू बाँसुरीको धुनमा मस्त हुनुहुन्छ’ | Khabarhub Khabarhub

‘प्रधानमन्त्रीज्यू बाँसुरीको धुनमा मस्त हुनुहुन्छ’


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले बालुवाटारमा केही दिनपहिला आयोजित सारंगी साँझको आलोचना गरेकी छिन् ।

बुधवारको प्रतिसभा बैठकमा आफ्ना धारणा राख्दै सांसद पन्तले तत्कालीन रोम साम्राज्यका सम्राट निरोसँग प्रधानमन्त्री केपी ओलीको तुलना गरिन् ।

‘माघ २१ गते प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गर्नु भएको ‘सारंगी साँझ’को तस्वीरले ज्यादै द्रबित बनायो’ उनले संसद बैठकमा भनिन्,‘ कल्पना गरौँ, यदि निरोको तस्वीर भइदिएको भए, त्यो तस्वीरसँग यो तस्वीर उस्तै देखिन्थ्यो होला ! तर, निरोको प्रवृत्तिसँग प्रधानमन्त्रीको यो कार्य मिल्दोजुल्दो छ ।

सांसद पन्तले चीनमा रहेका नेपालीहरू सरकारसँग उद्धारको याचना गरिरहेका समयमा प्रधानमन्त्री बाँसुरी बजाउनमा मस्त रहेको आरोप उनले लागइन् ।

‘ललिता निवासको जग्गा भ्रष्टाचारमा आफ्नालाई उन्मुक्ति दिने र फरक विचार राख्नेलाई जेल पठाउने तयारी हुँदै गर्दा प्रतिपक्षी दल आन्दोलनमा छ । विपन्न नागरिक जाडोमा एकजोर न्यानो लुगा फेर्ने हैसियतमा छैनन् । कर्णालीमा सिटामोलको अभावले तीन सातामा ९ जनाको ज्यान गएको छ । चुरेदोहन उत्कर्षमा छ । महँगी आकाशिएको छ । नागरिकको दैनिकी अस्तव्यस्त छ ’ उनले भनिन्,‘ तर, प्रधानमन्त्रीज्यू बाँसुरीको धुनमा मस्त हुनुहुन्छ । प्रधानमन्त्रीज्यू अहिले मनोरञ्जन गर्ने फुर्सदमा हुनुहुन्छ । म सोच्ने गर्छु, चीनमा अलपत्र र दुरदराजका नागरिकले प्रधानमन्त्रीको संगीतमय नयाँ अवतार कसरी हेरे होलान् ! उनीहरूलाई कति लाज भयो होला ! ’

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ३ : ०४ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर