ऋषि कपूरको स्वास्थ्यमा गडबड, फेरि क्यान्सर बल्झिने डर ! | Khabarhub Khabarhub

ऋषि कपूरको स्वास्थ्यमा गडबड, फेरि क्यान्सर बल्झिने डर !


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित बलिउड अभिनेता ऋषि कपूरको फेरि समस्या देखिएको छ ।

केही हप्तापहिले स्वास्थ्य अवस्था बिग्रेका कारण ऋषिलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालले छिट्टै नै उनलाई डिस्चार्ज गरेको थियो । लगत्तै परिवारले ऋषिलाई प्रदूषणका कारण इन्फेक्सन भएको जनाएको थियो ।

यतिबेला फेरि ऋषिलाई अस्पताल भर्ना गरिएको छ । उनी बारम्बार बिरामी भए पनि गम्भीर समस्या नदेखिएको जनाइएको छ ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै ऋषिको स्वास्थ्य अवस्थाका कारण परिवार चिन्तित भएको लेखेका छन् ।

उनलाई गत वर्ष अमेरिकाको न्यूओर्कमा उपचारका लागि लगिएको थियो । उपचारपछि उनलाई भारत ल्याइएको थियो ।

झण्डै एक वर्ष क्यान्सरको उपचार गराएर मुम्बई फर्किएका ऋषि कपूरले एक हलिउड फिल्मको रिमेकमा काम गर्दैछन् । उक्त फिल्ममा दीपिका पादुकोण पनि हुनेछिन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १ : १३ बजे

लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत कानून संशोधन स्वागतयोग्य : महासंघ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन

नेपाल-कतार संयुक्त वाणिज्य परिषद्‌ स्थापना

काठमाडौं – नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल-कतार संयुक्त

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको

‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु

काठमाडौं– काठमाडौँ–विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी