विश्व स्वास्थ्य संगठनले राख्यो कोरोना भाइरसको नाम | Khabarhub Khabarhub

विश्व स्वास्थ्य संगठनले राख्यो कोरोना भाइरसको नाम


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 जेनेभा–  विश्व स्वास्थ्य संगठनले नोबल कोरोनाभाइरसको नाम कोभिड–१९ (covid-2019) राखेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेडरोस एडह्यानोम गिब्रेसिसले जेनेभामा पत्रकारसँग कुरा गर्दै भने,‘हामीले कोरोनाभाइरसको नाम कोभिड–१९ राखेका छौं ।’

सीओ को अर्थ कोरोना, भीआई को अर्थ भाइरस र डी को अर्थ डिजीज भएको बताइएको छ। सन् २०१९ मा पत्ता लागेकाले यसलाई छोटकरीमा कोभिड–१९ भनिएको टेडरोसले बताए ।

डाक्टर टेडरोसले चीनबाट फैलन सुरु भएको यस कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि आक्रमक रुपमा लाग्नुपर्ने पनि बताए ।

गतवर्षको डिसेम्बरमा चीनको हुपेइ प्रान्तस्थित वुहान शहरमा पहिलोपटक नयाँ कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

यतिबेला विश्वका २५ भन्दा बढी मूलुकमा कोरोनाको संक्रमण फैलिसकेको छ । बुधबार बिहानसम्म कोरोनाका कारण ११ सय जनाको मृत्यु भएको छ । ४५ हजारभन्दा बढी यसबाट संक्रमित रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १२ : ३७ बजे

बँदेलको टोक\ सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली

मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर