पशुपतिमा व्यापारी राख्न गोला प्रथा ! | Khabarhub Khabarhub

पशुपतिमा व्यापारी राख्न गोला प्रथा !



काठमाडौं– पशुपति क्षेत्रका टहरामा फूलको व्यापार गर्दै आइरहेका व्यापारीहरुले कोषसँग भएको सम्झौताअनुसार १३ वर्षदेखिको भाडा बुझाउन थालेका छन् ।

व्यापारीले वि.स.२०६३ सालदेखि ०७६ माघ मसान्तसम्मको एकमुष्ठ रकम बुझाइरहेको र मंगलवारसम्म ६० प्रतिशतले कोषको खातामा डिपोजिट गरिसकेको कोष परिषद्का सदस्य राजु खत्रीले जानकारी दिए ।

कोषले पशुपतिनाथ मन्दिर क्षेत्र वरपरका मठ–मन्दिरका डबली, कैलाश डाँडा, दक्षिणामूर्ति, किराँतेश्वर, गुह्येवरी, गोरखनाथ, मृगस्थली, विश्वरुपा, राममन्दिर हाता क्षेत्रहित अस्थायी पार्किङस्थल वनकाली क्षेत्र समेतमा रहेका सम्पुर्ण पसल टहराहरु खाली गर्न यसअघि तीन पटक सूचना प्रकाशन गरेको थियो ।

सूचनासँगै कोषले नयाँ संरचनामा व्यापारीलाई व्यवस्थित गराउने तवरले गत विहीवार अर्को सूचना प्रकाशन गरेको थियो ।

सूचनाअनुसार सो अवधिभर आएका निवेदनहरुको छानवीन गर्दा पहिलो चरणमा पञ्चदेवलको पूर्व तर्फ फूल पसल सञ्चालन गरिरहेका २६ जनालाई प्राथामिकतामा राखिएको छ ।

कोषले व्यापारीको नामसहित तिर्नुपर्ने रकम तोकेर सूचना प्रकाशन गरेको छ ।

२६ जनामध्ये लगभग १८/२० जनाले तोकिएअनुसारको भाडा बुझाइसकेका छन्’ उनले भने, ‘आगामी शुक्रवार अर्थात् फागुन २ गते २६ जना व्यापारीका लागि गोलापथ्रा गरिनेछ ।’

पुरानो भाडादर खारेज, अब ५ सय मात्र 

कोषले ०७३ सालको सञ्चालक परिषद्को निर्णयअनुसार भाडा तिरेको भौचरसहित कोठा दावी गर्न अनुरोध गरेको थियो ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डायनमन्त्री आनन्द पोखरेल कोष अध्यक्ष भएका बेला ०७३ सालमा टहरामा बस्नेको भाडा तोकिएको थियो ।

सो बेला तोकिएको भाडाअनुसार ०६६ सालबाट बसेकाहरुले मासिक रुपमा १ हजार रुपैयाँ र ०७३ सालबाट टहरामा बस्नेकालागि मासिक ५ हजारका दरले भाडा तिर्ने निर्णय गरेको थियो ।

‘त्यसरी अस्थायी संरचनामा बसेकाहरुलाई १ हजार लिन जायज हुँदैन भनेर नै कोषले त्यो निर्णयलाई खारेज गरेको हो’ खत्रीले भने, ‘पहिलेका नियमलाई काटेर फूल व्यापारीले ५ सय र भाँडा व्यवसायीले १ हजार रुपैयाँ बुझाउने निर्णय गरेका हौं ।’

गत बुधवार यो निर्णय भएको उनले बताए । उनकाअनुसार अहिले बनेको नयाँ संरचनामा भने व्यापारीले मासिक रुपमा ५ हजार रुपैयाँ भाडा तोकिएको छ ।

पहिलो र दोस्रो चरणलाई नयाँ संरचनामा

कोषले अति प्रभावित व्यक्तिका लागि ६४ वटा टहरा तयारी अवस्थामा राखेको छ ।

पहिलो र दोस्रो चरण गरी त्यी टहरामा व्यापारीलाई लगिने कोषका सेवा सुविधा महाशाखा प्रमुख राजु रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार पहिलो चरणमा २०६३ सालदेखि ०७६ माघ मसान्तसम्मको मासिक भाडादर बुझाउने गरी रकम रहेकाहरु प्राथमिकतामा परेका छन् । उक्त नाम लिस्टमा २६ जना व्यापारीहरु परेका छन् ।

२६ जना व्यापारीलाई गोला प्रथाबाट चयन गरेसँगै कोष दोस्रो चरणमा जानेछ । जसअनुसार दोस्रो चरणमा ३८ जना व्यापारी अटाउनेछन् ।
‘नयाँ संरचनामा जम्मा ६४ वटा कोठा रहेका छन्’ उनले भने, ‘पहिलो चरणमा २६ र दोस्रोमा ३८ जनालाई राखेपछि त्यो संरचना भरिनेछ ।’

अरु व्यापारी हट्छन त ?

६४ जना व्यापारीले स्थायी रुपमा संरचना प्राप्त गरेपछि के अन्य व्यापारी कहाँ जान्छन् त ? उनीहरुको लागि के व्यवस्था रहेको छ ? भन्ने प्रश्नमा रेग्मी भन्छन्, ‘कोषले उनीहरुका लागि पनि केही व्यवस्था गर्नेछ ।’

दोस्रो चरण सकिएपछि कोष तेस्रो चरणमा जाने बताउँदै रेग्मी भन्छन्, ‘एउटै परिवारका दुईवटा पसल राखिएका, कानुनले छुट्टि भिन्न गरेकाहरुको हकमा सञ्चालन गरेका छन् भने जतिवटा थियो त्यति नै विक्री स्थल दिने गरी तयारी भइरहेको छ ।’

त्यसका लागि अहिले बनाइएको नयाँ संरचनाको दक्षिणतर्फ नयाँ संरचना बनाउने र ६ महिनाभित्र अन्यलाई त्यहाँ व्यवस्थित गराउने उनले बताए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १२ : २५ बजे

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार