नेपालको कीर्तिमानी बलिङ, ओडिआई कै कम स्कोरमा समेटियो अमेरिका | Khabarhub Khabarhub

नेपालको कीर्तिमानी बलिङ, ओडिआई कै कम स्कोरमा समेटियो अमेरिका



काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाले नेपाललाई ३६ रनको भिनो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको हो ।

अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशान भारीले उत्कृष्ट बलिङ साझेदारी गरे । जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए भने सुशानले ३ ओभर बलिङ गर्दै १ मेडजन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिए ।

अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

यो एकदिवसिय क्रिकेटको इतिहासमै सबैभन्दा सानो लक्ष्य हो । यसअघि सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्मबाबेले १८.४ ओभर खेल्दै ३५ रनको लक्ष्य दिएको थियो ।  श्रीलंका र जिम्बाबेसँगको स्कोर बराबर भएपनि नेपाल र अमेरिकाबीचको ओभर कभ भएकाले यो इतिहासकै सानो लक्ष्य हो ।

नेपालविरुद्ध अमेरिकाले बनाएको यो खेलसँगै विश्व कीर्तिमनी बनेको छ । यसअघि जिम्बाबेले ३५ रन बनाउँदा सबै विकेट गुमाए पनि उसले धेरै ओभर खेलेको थियो ।

नेपालले अमेरिकालाई १२ ओभरमा अल आउट गर्दा यो कीर्तिमान पहिलो बनेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ३४ बजे

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट

बागलुङका ३८ वनमा आगलागी

बागलुङ– बागलुङमा गत फागुनदेखि अहिलेसम्म ३८ वटा सामुदायिक वनमा आगलागी

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस