सुडानका पूर्व राष्ट्रपति बशीरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाइने | Khabarhub Khabarhub

सुडानका पूर्व राष्ट्रपति बशीरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाइने


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुडानका शासकहरुले पूर्व राष्ट्रपति ओमार अल बशीरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाउने तयारी गरेका छन ।

गृहयुद्ध चलिरहँदा १७ बर्षअघि गरिएको भनिएको लाखौं मानिसको नरसंहारको आरोपमा सुडानका पूर्वराष्ट्रपति ओमर अल बसिरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाइने भएको छ ।

३० बर्षको शासन सत्ता गत अप्रिलमा च्यूत भएपछि आर्थिक घोटला तथा भ्रष्टाचार अभियोगमा दुई बर्षको जेल सजाय भोगिरहेका बशीरलाई फौजदारी अदालतमा बुझाउने तयारी गरिएको हो ।

डार्फर द्वन्द्वका बेला युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले बशीरलाई यसअघि दोषी पनि ठहर्‍याईस केको छ।

तत्कालीन सैनिक परिषद्‍ले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोगको सामना गर्नका निम्ति बशीरलाई सुपुर्दगी नगर्ने बताए पनि सुडानको राजनीतिक नेतृत्व सुपर्दगी गर्न सहमत भएको हो ।

आफू शासनसत्तामा हुँदा बशीरले गृहयुद्ध समाप्त पार्ने नाममा सन् २००३ मा सुडानको डार्फरमा ३ लाख मानिस मार्न निर्देशन दिएको आरोप लगाइएको छ ।

सुडानको गृह युद्ध समाप्त भएर शान्तिको अवस्थामा प्रवेश गरिरहँदा तत्कालीन क्रुर सत्ताले जनतालाई गरेको अन्यायकाविरुरुद्ध बर्तमान सरकार लड्ने सुडान सरकार प्रवक्ता मोहम्मद हसन अल ताइशीले जनाएका छन ।

ताइशीले भने ‘जनतालाई न्याय दिलाउन नसकिए द्वन्द्वका घाउ निको पार्न सकिदैन् त्यसका लागि सरकार प्रतिवद्ध छ ।’

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ६ : ३३ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश