संवैधानिक आयोगमा कुनै हस्तक्षेप छैन: प्रम ओली | Khabarhub Khabarhub

संवैधानिक आयोगमा कुनै हस्तक्षेप छैन: प्रम ओली


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संवैधानिक आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले संवैधानिक अङ्गमाथि हस्तक्षेप नगरी निष्पक्ष तरिकाले काम गर्न दिएको बताए ।

‘‘सरकारले अख्तियारलाई दबाब, निर्देशन दिन्छ भनेर मैले सुनेको छु, तर त्यस्तो होइन’’, उनले भने, ‘‘ सरकार संवैधानिक अङ्गलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन्छ र त्यसमा हस्तक्षेप गर्ने मनयास पनि राख्दैन, हस्तक्षेप भन्ने प्रश्न नै आउदैन ।’’ सरकारले संवैधानिक अङ्गका पदाधिकारीलाई कही कतै पनि यसो गर्नुहोस्, उसो गर्नुहोस् नभनेको प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘‘सरकार त्यस्ता कुरा कहिल्यै भन्दैन र गर्दैन पनि ।’’

उनले सरकारले संवैधानिक अङ्गमाथि हस्तक्षेत गरेको भन्ने भ्रम छर्ने कोशिस गरिएको भन्दै त्यस्तो कोशिस नगर्न आग्रह गर्नुभयो । उहाँले अख्तियारलाई निष्पक्ष र दृढ भएर भ्रष्टाचार नियन्त्रण गर्न निर्देशन दिए ।

भ्रष्टाचारले मुलुकको विकासका आकांक्षालाई कमजोर पारेको भन्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्य गरेमात्र मुलुक बन्ने उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि पहिले आफू प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

‘‘म प्रतिबद्ध छु, म भ्रष्टाचार गर्दिन, म अरुलाई पनि गर्न दिन्न भन्ने प्रतिबद्धता हुनुपर्दछ, अनि मात्र मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुन्छ’’, उनले भने ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ६ : ०७ बजे

खबरहबमा प्रधानमन्त्री : सुशासनबारे छलफल (लाइभ)

काठमाडौं– इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र

मध्यपहाडी पुष्पलाल लोकमार्ग : सम्झौता तोडिएको नौ महिनापछि पुनः ठेक्का

गलकोट– मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त खण्डको रुपमा रहेको बागलुङको बिहुँ

मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

जनकपुरधाम- मधेशप्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

कोशी प्रदेशलाई खोरेतमुक्त बनाइँदै

विराटनगर– कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले आगामी

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ : गगन थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको